राजविराज÷वैदेशिक रोजगारी जानका लागि ठगिमा परेका मोरङ्ग र सुनसरीका १२ जना युवा काठमाण्डौबाट एजेन्टलाई खोज्दै शुक्रवार राजविराज आइपुगेका छन् ।
नक्कली भिसा दिएर १८ लाख ठगी गरी सम्पर्क बाहिर रहेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका ४ घर भएका एजेन्ट अशोक मण्डललाई खोज्दै उनीहरु राजविराज आइपुगेको आप्रवासन स्रोत केन्द्र सप्तरीले जनाएको छ ।
तीन महिना अघि दुबई पठाउनकालागि काठमाण्डौ बोलाईएका युवाहरु आज–भोली गर्दागर्दै केही नलागेपछि बाध्य भएर ती युवाहरु एजेन्ट मण्डललाई खोज्दै राजविराज आईपुगेका हुन् ।
बैदेशिक रोजगारीमा ठगीमा पर्नेहरुमा सुनसरीको अमाही बेलहाका मो. इसिक मियाँ, जियावुल मियाँ, मुर्सिद अन्सारी, मोरङको विराटनगर ११ का मो. फारुक मियाँ, कटहरी– ४ का मो. मुस्तफा, राजकिशोर साह, कदमाहाका मो. असलम, जमिर मियाँ, अख्तर मियाँ, मो. मुख्तार आलम, रहिम आलम र मो. हासिम छन् ।
एजेन्ट मण्डलले विदेश पठाइदिने भन्दै १ लाख ५० हजारका दरले रकम ठगी गरेको उनीहरुको आरोप छ । क्याम्पास रिक्वायमेन्ट प्रा.लि. मिड बानेश्वर काठमाण्डौको एजेन्ट बताउने मण्डललाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको उनीहरुले जानकारी दिए ।
आफुहरुलाई भिसाको नक्कली कागज थमाएर हिंडेको बताउँदै उनले भिसा जाँच गराउँदा नक्कली भएको थाहा पाएको मो. मुस्तफाले बताए ।
यता ठगिएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको आप्रवासन स्रोत केन्द्रमा निवेदन दर्ता गराएका छन् । पीडित युवाहरुले शुक्रवारै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई पनि समस्याका विषयमा उनीहरुले जानकारी समेत गराए ।
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि
सारांश
- बैदेशिक रोजगारीमा ठगीमा पर्नेहरुमा सुनसरीको अमाही बेलहाका मो.
- इसिक मियाँ, जियावुल मियाँ, मुर्सिद अन्सारी, मोरङको विराटनगर ११ का मो.
- फारुक मियाँ, कटहरी– ४ का मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया