दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठको नहर चौक नजिकै धान खेतमा ज्यूँदै फ्यालिएको एक नवजात शिशुले अभिभावक पाएको छ ।
गत बुधबार कुकुर तिहारका दिन साँझ ६ बजेतिर अन्दाजी एक÷डेढ महिनाको सो नवजात शिशु खेतमा वेवारिसे अवस्थामा ज्यूँदै फेला परेको थियो ।
स्थानिय केही यूवाहरु बजारको काम सकेर खेतबाटो हुँदै घर फर्किदै गर्दा नजिकैको धानखेतमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा परालको ओच्छ्यान बनाई राखिएको अवस्थामा उक्त नवजात शिशु (छोरा) फेला परेको हो ।
स्थानिय र प्रहरीले वेवारिसे र जिवितै अवस्थामा रहेको बच्चाको उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो ।
सो बच्चालाई हाल राजविराज २ निवासी एक निःसन्तान दम्पत्तिले धर्मपुत्र बनाएर राख्ने र उचित शिक्षादिक्षा सहित पाल्ने इच्छा र प्रतिबद्धता गरेपछि सबैको सल्लाहमा हाललाई बच्चा उनकै जिम्मा लगाइएको छ । लक्ष्मी पूजाका समयममा बच्चा भेटिएकाले उनको नाम लक्ष्मण राखिएको बच्चाको लालनपालनको जिम्मा लिएका दम्पत्तिले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, राजविराज नगरपालिका वडा नं. ९का अध्यक्ष शम्भु प्रसाद यादव (लाली), अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडा र वडा नं. २ का अध्यक्ष अरुण यादवको सहभागितामा भएको छलफल पश्चात् सो निष्कर्षमा पुगेको हो ।
बच्चालाई किन र कसले फोलेको भन्ने बारे अनुसन्धान तिब्र बनाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताएका छन् । यता जनप्रतिनिधी र प्रहरी अहिले ज्यूँदै नवजात शिशुलाई धान खेतमा फाल्ने अभिभावकको खोजिमा सक्रिय भएका छन् ।
खेतमा फ्यालिएको ज्युँदै नवजात शिशुले पायो अभिभावक
सारांश
- गत बुधबार कुकुर तिहारका दिन साँझ ६ बजेतिर अन्दाजी एक÷डेढ महिनाको सो नवजात शिशु खेतमा वेवारिसे अवस्थामा ज्यूँदै फेला परेको थियो ।
- स्थानिय केही यूवाहरु बजारको काम सकेर खेतबाटो हुँदै घर फर्किदै गर्दा नजिकैको धानखेतमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा परालको ओच्छ्यान बनाई राखिएको अवस्थामा उक्त नवजात शिशु (छोरा) फेला परेको हो ।
- स्थानिय र प्रहरीले वेवारिसे र जिवितै अवस्थामा रहेको बच्चाको उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया