कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण

सारांश

  •     झण्डै अढाई वर्षअघि सो बैंकमा खाता खोलेर ग्राहक बनेका राजविराज १ निवासी प्रमोद कुमार साहलाई रु.
  • एक लाखको चेक बैंकका तर्फबाट ऋण अधिकृत कुमार प्रविणले हस्तान्तरण गरेका हुन् ।
  • ग्राहक साह दिर्घकालिन रोग क्यान्सरबाट पीडित छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौं । 

    कुमारी बैंक लिमिटेड राजविराज शाखाले परिवार सुरक्षा बचत खाता योजना अन्तरगत शुक्रबार एक दिर्घकालिन रोगीका बिरामीलाई वीमा वापतको रकम भुक्तान गरेको छ । 
    झण्डै अढाई वर्षअघि सो बैंकमा खाता खोलेर ग्राहक बनेका राजविराज १ निवासी प्रमोद कुमार साहलाई रु. एक लाखको चेक बैंकका तर्फबाट ऋण अधिकृत कुमार प्रविणले हस्तान्तरण गरेका हुन् । ग्राहक साह दिर्घकालिन रोग क्यान्सरबाट पीडित छन् ।    
    ऋण अधिकृत प्रविणले साह क्यान्सर रोगबाट पीडित रहेको अस्पतालको सम्पूर्ण कागजपत्र तथा अन्य प्रमाण पेश गरेको तीन महिनाभित्र उक्त वीमा वापतको रकम भुक्तान गरेको दाबी समेत गरे । कुमारी बैंक राजविराज शाखाले हालसम्म ५० जना आफ्ना ग्राहकहरुलाई वीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ । 
    यता कुमारी बैंकले हालसम्म नेपालभरि ८ करोड रुपैयाँ बराबरकोे बीमा वापतको रकम भुक्तानी गरिसकेको जनाएको छ ।
    हालसम्म बैंकले चार हजार ५ सय ग्राहकहरुलाई उक्त वीमा रकम वापत भुक्तानी गरिसकेको जनाउँदै वीमा वापतको भुक्तानी सबै भन्दा बढी बागमती प्रदेशमा ३६ प्रतिशत, मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश ः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान गरिसकेको सो बैंकले जनाएको छ ।
    कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बीमा कम्पनीहरुमार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको जनाएको छ । 
    कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको बैंकको दाबी छ । 
    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय ९ शाखा, ३ सय १५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
सकियो मेयरकप ब्याडमिन्टन 
सकियो मेयरकप ब्याडमिन्टन 
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन