दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
छठ पर्व धुमधामका साथ मनाउन सम्पूर्ण मधेशवासी अहिले उत्साह पूर्वक जुटेका छन् । चार दिवसीय छठ पर्व अन्तरगत आज साँझ अूताउँदो सूर्यलाई अर्घ दिइदै छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट यो पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
मंगलबार बिहानैदेखी घाट सरसफाई, सजावट तथा छठका लागि किनमेल गर्नेहरुको बजारमा घुँइचो देखिएको छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।
पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् ।
जिल्लास्थित विभिन्न ताल तलाउ, खोला लगायत जलाशयलाई सफा गरि ध्वजापातका र रंगबिरगिं बत्तिले बेहुली झै सिंगार्न ब्यस्त छन् । भक्तजनले जिल्लाको भगवती पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, सप्तकोशी नदी लगायतका जलाशयलाई झकिझकाउ बनाउने तयारीलाई तिब्र बनाएका हुन् ।
सूर्यको आराधना गरि मनाइने छठको दोश्रो दिन मंगलबार ब्रतालुले नुहाई धुवाई चोखो भएर खरना बिधी सुरु गरेका छन् । यस बिधी अन्तरगत ब्रतालुले विभिन्न जातको धानको चामल, गाईको दुध र सखर समिश्रण गरि खिर पकाउछन् ।
राती यो परिकार ग्रहण गरेपछि ब्रतालु बुधबार दिनभर निरहार बस्छन् । सोही दिन सझिया घाट र भोली पल्ट बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर जलाशयबाट घर फर्किएपछि मात्र खाने कुरा खान्छन् ।
सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् ।
यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ भने प्रदेश २ सरकारले बिहीबार पनि सार्वजनिक बिदा दिएको छ ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
सारांश
- लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट यो पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
- मंगलबार बिहानैदेखी घाट सरसफाई, सजावट तथा छठका लागि किनमेल गर्नेहरुको बजारमा घुँइचो देखिएको छ ।
- यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया