दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्मसिद्ध नागरिकता पाएकाहरुले संविधान बमोजिम बंशजको नागरिकता पाउनु पर्ने भन्दै नेपाली नागरिकसँग विवाह गरेर ल्याइएका विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको अवधीमा नागरिकता प्रदान गर्नु पर्ने धारणा राखेका छन् ।
शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै सो धारणा राखेका हुन् । उनले विवाह गरेर आउने बित्तिकै महिलामा राष्ट्रियताको अनुभुतीका निम्ति समयअवधी तोकर नागरिकता प्रदान गर्नुपर्ने बताए ।
उनले ती महिलालाई नेपालमा बस्नका लागि विभिन्न खाले सुविधा दिनुपर्ने तर नागरिकताका लागि समयअवधी नै तोकिनु पर्ने उल्लेख गरे । भारतमा नागरिकताका लागि ७ वर्ष, बंगलादेश तथा भुटानमा समेत बैवाहिक नागरिकताका लागि समयसीमा तोकिएको उदाहरण समेत प्रस्तुत गरे ।
यस्तै अध्यक्ष थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन कुँडिएको बताउँदै राजसंस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएको बताए ।
प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लड्न, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिया शक्तिहरुको आशिर्वाद र सहयोग हासिल गर्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको उनले बताए ।
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
सारांश
- शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै सो धारणा राखेका हुन् ।
- उनले विवाह गरेर आउने बित्तिकै महिलामा राष्ट्रियताको अनुभुतीका निम्ति समयअवधी तोकर नागरिकता प्रदान गर्नुपर्ने बताए ।
- उनले ती महिलालाई नेपालमा बस्नका लागि विभिन्न खाले सुविधा दिनुपर्ने तर नागरिकताका लागि समयअवधी नै तोकिनु पर्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया