दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्मसिद्ध नागरिकता पाएकाहरुले संविधान बमोजिम बंशजको नागरिकता पाउनु पर्ने भन्दै नेपाली नागरिकसँग विवाह गरेर ल्याइएका विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको अवधीमा नागरिकता प्रदान गर्नु पर्ने धारणा राखेका छन् ।
शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै सो धारणा राखेका हुन् । उनले विवाह गरेर आउने बित्तिकै महिलामा राष्ट्रियताको अनुभुतीका निम्ति समयअवधी तोकर नागरिकता प्रदान गर्नुपर्ने बताए ।
उनले ती महिलालाई नेपालमा बस्नका लागि विभिन्न खाले सुविधा दिनुपर्ने तर नागरिकताका लागि समयअवधी नै तोकिनु पर्ने उल्लेख गरे । भारतमा नागरिकताका लागि ७ वर्ष, बंगलादेश तथा भुटानमा समेत बैवाहिक नागरिकताका लागि समयसीमा तोकिएको उदाहरण समेत प्रस्तुत गरे ।
यस्तै अध्यक्ष थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन कुँडिएको बताउँदै राजसंस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएको बताए ।
प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लड्न, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिया शक्तिहरुको आशिर्वाद र सहयोग हासिल गर्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको उनले बताए ।
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
सारांश
- शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका अध्यक्ष थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै सो धारणा राखेका हुन् ।
- उनले विवाह गरेर आउने बित्तिकै महिलामा राष्ट्रियताको अनुभुतीका निम्ति समयअवधी तोकर नागरिकता प्रदान गर्नुपर्ने बताए ।
- उनले ती महिलालाई नेपालमा बस्नका लागि विभिन्न खाले सुविधा दिनुपर्ने तर नागरिकताका लागि समयअवधी नै तोकिनु पर्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया