दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै विश्व हिन्दु परिषद् सप्तरीले बिहीबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरेको छ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्वीटरमार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरुले पुतला दहन गरेको हो ।
राजविराजस्थित हनुमान मन्दिर अगाडीबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगि पुतला दहन गरेको विश्व हिन्दु परिषद्का सगरमाथा सत्संग विभाग सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
सहसंयोजक सिंहले भट्टराईको टिप्पणी हिन्दु धर्मप्रति आस्थावानहरुलाई चोट पु¥याउने खालको रहेको कारण बिरोध गर्नुपरेको बताए ।
डा. भट्टराइले भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले गंगा नदीमा दुध चढाउँदै गरेको चित्रप्रति “विश्वास एउटा खतरनाक कुरा हो, यसले तपाईलाई दुध र मुत फ्याक्न प्रेरित गर्छ” भनी ट्वीटरमार्फत टिप्पणी गरेका थिए ।
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
सारांश
- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा पूर्वप्रधानमन्त्री डा.
- भट्टराईले ट्वीटरमार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरुले पुतला दहन गरेको हो ।
- राजविराजस्थित हनुमान मन्दिर अगाडीबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगि पुतला दहन गरेको विश्व हिन्दु परिषद्का सगरमाथा सत्संग विभाग सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया