सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, कार्तिक १२, २०८३
|
|
८ पटक हेरिएको
Shares
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको १५ सदस्यीय नेपाली टोलीमा अलराउन्डर साक्षीका साथै मधेश प्रदेशबाट सना परविन र एलिशा यादव पनि सो टोलीमा छनोट भएकी छिन् ।
  • साक्षीले मधेश प्रदेशमा आयोजना भएका विभिन्न क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
  • उनी राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादवकी बहिनी हुन् ।
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिज’ का लागि नेपाली महिला क्रिक्रेट राष्ट्रिय टोलीमा सप्तरीकी साक्षी यादव पर्न सफल भएकी छिन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको १५ सदस्यीय नेपाली टोलीमा अलराउन्डर साक्षीका साथै मधेश प्रदेशबाट सना परविन र एलिशा यादव पनि सो टोलीमा छनोट भएकी छिन् ।
साक्षीले मधेश प्रदेशमा आयोजना भएका विभिन्न क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । उनी राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादवकी बहिनी हुन् ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म चीनमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्डका यू–१९ महिला क्रिकेट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सोनी पाख्रिनको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा साक्षीसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, सावित्री धामी, मनिषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनिषा उपाध्याय, सना परविण, एलिशाकुमारी यादव र तिर्सना विश्वकर्मा छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान