दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचालनमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि एक गैर सरकारी संस्थाले आइतबार टेलिभिजन, डस्ना, सिरक, झुल, बच्चाहरुको शैक्षिक तथा विभिन्न खेलकुद सामाग्रि उपहार प्रदान गरेको छ ।
केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् ।
विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् ।
महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् ।
सो अवसरमा उनले विभिन्न महिला हिंसा र वेवारिसे अवस्थामा केन्द्रमा आउने पीडित महिला र उनीसागै आउने बच्चाको जिवनमा सहजता र उचित वातावरण निर्माणका लागि यस्ता सामाग्रि उपलब्ध गराइएको र यसको सदुपयोग हुने अपेक्षा राखेको बताईन् ।
कार्यक्रममा संस्थाको टिम लिडर जिवन पुडासैनी, युनिसेफका कामदेव खनाल, संचारकर्मी बैजनाथ झालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
उपहार बुझ्दै डिएसपी काफ्लेले दाता संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले केन्द्रलाई महिला र बालमैत्री बनाउन थप मद्दत मिलेको र यसको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्मको अवधीमा २० महिला, १५ बालबालिका र २ जेष्ठ नागरिकले उक्त केन्द्रमा सेवा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न सामाग्रि प्रदान
सारांश
- केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् ।
- विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् ।
- महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया