दैनिक समाचारदाता
राजविराज, १८ असार ।
बिहीबार बिहान परेको वर्षासँगै चट्याङ लागेर प्रदेश २ को सप्तरीमा एक, बारामा ४ र सर्लाहीमा १ जना गरि ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ निवासी ७० वर्षिय धर्मी साहको चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बिहान आफ्नै खेतमा हलो जोती आलिमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो ।
त्यस्तै नजिकै खेतमा काम गरिरहेकी सोही स्थान निवासी १७ वर्षिया कन्चना कुमारी साहलाई चट्याङको झट्का लागेकोमा स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबारै बिहान धान रोप्दै गरेको अवस्थामा चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका १२ सितलपुर बस्ने ३५ वर्षिया आशादेवी कोइरी महतो र सोही स्थान निवासी ४५ वर्षिया हलिमा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागी जिल्ला अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी जनकपुरले जनाएको छ ।
यता बाराकै फेटा गाँउपालिका १ त्रिबेणीस्थित खेतमा धान रोपी रहेको अबस्थामा अचानक परेको चटयाङग लागेर ३० वर्षिया सेन्डुदेबी र ४० वर्षिया सुनारपति देबीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा ५५ वर्षिया बच्चा देबी हजाम, ६० वर्षिया राजपति देबी, ३५ वर्षिया श्रीकान्ती देबी, ६० वर्षिया उमादेबी ठाकुर, २५ वर्षिया लिलावती देबी, ३५ वर्षिया सिसिता देबी र ६० वर्षिया सिलादेबी धोबी गम्भिर घाइते भएकोले उनीहरुलाई बिरगन्ज उपक्षेत्रिय अस्पतलामा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
यसैगरि धान रोप्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बागमति नगरपालिका १० निवासी १८ वर्षिय छोटु पासवान, कमलादेबी मुखिया र वडा नं. ८ की सुनमाया बस्नेतलाई चट्याङ लागेको छ ।
चट्याङ लागि बेहोस भएका तीनै जनालाई उपचारको लागी बरहथवातर्फ लैजाँदै गर्दा छोटु पासवानको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । यता कमला र सुनमायाको उपचार भइरहेको पहरीले जनाएको छ ।
यसअघि सप्तरीमा गत बिहीबारै चट्याङ्ग लागेर छुट्टाछुट्टै स्थानका एक महिलासहित चार जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ निवासी ७० वर्षिय धर्मी साहको चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- उनलाई बिहान आफ्नै खेतमा हलो जोती आलिमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो ।
- त्यस्तै नजिकै खेतमा काम गरिरहेकी सोही स्थान निवासी १७ वर्षिया कन्चना कुमारी साहलाई चट्याङको झट्का लागेकोमा स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया