दैनिक समाचारदाता
राजविराज, १८ असार ।
बिहीबार बिहान परेको वर्षासँगै चट्याङ लागेर प्रदेश २ को सप्तरीमा एक, बारामा ४ र सर्लाहीमा १ जना गरि ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ निवासी ७० वर्षिय धर्मी साहको चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बिहान आफ्नै खेतमा हलो जोती आलिमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो ।
त्यस्तै नजिकै खेतमा काम गरिरहेकी सोही स्थान निवासी १७ वर्षिया कन्चना कुमारी साहलाई चट्याङको झट्का लागेकोमा स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबारै बिहान धान रोप्दै गरेको अवस्थामा चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका १२ सितलपुर बस्ने ३५ वर्षिया आशादेवी कोइरी महतो र सोही स्थान निवासी ४५ वर्षिया हलिमा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागी जिल्ला अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी जनकपुरले जनाएको छ ।
यता बाराकै फेटा गाँउपालिका १ त्रिबेणीस्थित खेतमा धान रोपी रहेको अबस्थामा अचानक परेको चटयाङग लागेर ३० वर्षिया सेन्डुदेबी र ४० वर्षिया सुनारपति देबीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा ५५ वर्षिया बच्चा देबी हजाम, ६० वर्षिया राजपति देबी, ३५ वर्षिया श्रीकान्ती देबी, ६० वर्षिया उमादेबी ठाकुर, २५ वर्षिया लिलावती देबी, ३५ वर्षिया सिसिता देबी र ६० वर्षिया सिलादेबी धोबी गम्भिर घाइते भएकोले उनीहरुलाई बिरगन्ज उपक्षेत्रिय अस्पतलामा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
यसैगरि धान रोप्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बागमति नगरपालिका १० निवासी १८ वर्षिय छोटु पासवान, कमलादेबी मुखिया र वडा नं. ८ की सुनमाया बस्नेतलाई चट्याङ लागेको छ ।
चट्याङ लागि बेहोस भएका तीनै जनालाई उपचारको लागी बरहथवातर्फ लैजाँदै गर्दा छोटु पासवानको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । यता कमला र सुनमायाको उपचार भइरहेको पहरीले जनाएको छ ।
यसअघि सप्तरीमा गत बिहीबारै चट्याङ्ग लागेर छुट्टाछुट्टै स्थानका एक महिलासहित चार जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ निवासी ७० वर्षिय धर्मी साहको चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
- उनलाई बिहान आफ्नै खेतमा हलो जोती आलिमा बसिरहेको अवस्थामा चट्याङ लागेको हो ।
- त्यस्तै नजिकै खेतमा काम गरिरहेकी सोही स्थान निवासी १७ वर्षिया कन्चना कुमारी साहलाई चट्याङको झट्का लागेकोमा स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया