दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आगामी फागुन २९ देखी राजविराजमा सुरु हुने भएको छ ।
सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले सो निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।
बैठकपछि जानकारी दिँदै संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सातवटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि ३ वटै विभागिय टिमसमेतका १ सय ४० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगिता सम्पन्न गर्न बिहीबारै प्रचार प्रसार, खेलाडी तथा अतिथि व्यवस्थापन, स्वागत लगायतका विभिन्न उपसमिति समेत गठन गरिएको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए । सप्तरीका चर्चित खेलाडी ५० वर्षिय यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो ।
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने
सारांश
- सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व.
- देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
- भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले सो निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया