राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 

राजविराज राजविराज
|
शनिबार, जेठ १८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 

सारांश

  •     त्यस्तै तीन वटा पसल प्रक्रिया पुरा नगरी संचालनमा रहेका पाइएकोले तीन दिन भित्र प्रकृया पुरा गर्न अन्यथा शिलबन्दी गरिने चेतावनीसहितको कागजात गराइएको टोलीमा संलग्न राजविराज नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादवले जानकारी दिइन् ।
  •     उपप्रमुख साधना झाले पसलमा भेटिएका वासी, सडेगलेका तथा म्याद गुज्रेका उपभोग्य सामाग्रि नियन्त्रणमा लिई तत्कालै नष्ट गरेकी थिइन् भने कतिपय तत्काल नष्ट गर्न नसकिने खाद्य बस्तु ट्रयाक्टरमा हाल्न लगाई सुरक्षित ठाउँमा लगी नष्ट गर्न कर्मचारीलाई निर्देशन समेत दिइन् ।
  •       टोलीमा राष्ट्रिय मानवअधिकार आयोग कार्यालयका अधिकृतहरु क्रमशः मनमाया रानामगर, गणेशराज जोशी, रेखा दत्त, दिपक कार्की, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रहरी निरिक्षक रिता पौडेल, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय उपभोक्ता मञ्चका राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका रामनारायण यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।

    राजविराज÷राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयको नेतृत्वमा स्थानिय बजारमा दैनिक उपभोग्य बस्तुमा मिसावट, बासी र सडेगलेका सामाग्रि तथा म्याद सकिएको सामाग्रि बिक्रि बितरण भइरहेको जनगुनासोपछि शनिबार राजविराज बजारको विभिन्न पसलहरुको अनुगमन गरिएको छ । 
    राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालय र राजविराज नगरपालिकाले स्थानिय प्रशासनको समन्वय र सहयोगमा शनिबारदेखी बजार अनुगमनलाई तीब्र बनाएको हो । 

    लगतार तीन दिनसम्म नगर क्षेत्र भित्र गरिने अनुगमनको पहिलो दिन नगर क्षेत्रभित्र संचालित एक दर्जन मिठाई पसल, होटल र किराना पसलको अनुगमनका क्रममा अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला पारिएको छ । 
    त्यस्तै तीन वटा पसल प्रक्रिया पुरा नगरी संचालनमा रहेका पाइएकोले तीन दिन भित्र प्रकृया पुरा गर्न अन्यथा शिलबन्दी गरिने चेतावनीसहितको कागजात गराइएको टोलीमा संलग्न राजविराज नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादवले जानकारी दिइन् ।
    उपप्रमुख साधना झाले पसलमा भेटिएका वासी, सडेगलेका तथा म्याद गुज्रेका उपभोग्य सामाग्रि नियन्त्रणमा लिई तत्कालै नष्ट गरेकी थिइन् भने कतिपय तत्काल नष्ट गर्न नसकिने खाद्य बस्तु ट्रयाक्टरमा हाल्न लगाई सुरक्षित ठाउँमा लगी नष्ट गर्न कर्मचारीलाई निर्देशन समेत दिइन् । 
    टोलीमा राष्ट्रिय मानवअधिकार आयोग कार्यालयका अधिकृतहरु क्रमशः मनमाया रानामगर, गणेशराज जोशी, रेखा दत्त, दिपक कार्की, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रहरी निरिक्षक रिता पौडेल, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय उपभोक्ता मञ्चका राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका रामनारायण यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड