दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
कायस्थ जातिको आराध्य भगवान चित्रगुप्त हातको पुजित कलम यस वर्ष एक लाख ५ रुँपैयामा बिक्री भएको छ ।
हरेक वर्ष चित्रगुप्त सेवा समिति राजविराजले भाइ टिकाको दिन हुने वार्षिक पुजामा सो कलम डाक बढाबढ प्रक्रियाबाट बिक्री गर्दै आएको हो ।
यस वर्ष चित्रगुप्त पुजाका लागि ल्याईएको कलम समितिले ११ हजार ५ सय ५५ न्युनतम मुल्य राखी बिक्री शुरु गर्दा डाक बढाबढ हुँदै एक लाख ५ रुँपैयामा राजविराज २ निवासी अध्यापन पेशामा रहेका आशिष कुमार कर्णले डाक साकार गरि कलम लिएका हुन् ।
विगत ३६ वर्षदेखी प्रत्येक बर्ष नयाँ कलम ल्याई भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिने र पुजित कलम लिन धेरै जनाले इच्छा राख्न थालेपछि समितिले डाक बढाबढ प्रक्रियाबाट कलम बिक्री गर्दै आएको छ ।
चित्रगुप्तको हातमा राखेर पुजा गरिएको कलमको बिक्रीबाट आउने रकम समितिले कोषमा जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको समितिका महासचिव रन्धिर कुमार कर्णले जानकारी दिए ।
सोही अवसरमा समितिले मावि स्तरका ८ जना र उच्च स्तरका ४ जना जेहेन्दार विद्यार्थीलाई क्रमशः रु. ३ र रु. ५ हजार जनही छात्रबृत्ति प्रदान गरेको छ । छात्रबृत्ति पाउने मावि स्तरका विद्यार्थीहरुमा जागृती कर्ण, श्रृष्टि कर्ण, शुभम कुमार कर्ण, अमृत दत्त, कुणाल लाभ, अमन मल्लिक, दिपिका कर्ण र सत्यम कर्ण रहेका छन् भने उच्च स्तरमा हिमानी कर्ण, कृतिका कर्ण, आरती श्रीवास्तव र विवेकचन्द्र दास रहेको चित्रगुप्त सेवा समितिले जनाएको छ ।
वार्षिक पूजाको अवसरमा कायस्थ बालबालिकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजित गरिएको थियो ।
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
सारांश
- हरेक वर्ष चित्रगुप्त सेवा समिति राजविराजले भाइ टिकाको दिन हुने वार्षिक पुजामा सो कलम डाक बढाबढ प्रक्रियाबाट बिक्री गर्दै आएको हो ।
- यस वर्ष चित्रगुप्त पुजाका लागि ल्याईएको कलम समितिले ११ हजार ५ सय ५५ न्युनतम मुल्य राखी बिक्री शुरु गर्दा डाक बढाबढ हुँदै एक लाख ५ रुँपैयामा राजविराज २ निवासी अध्यापन पेशामा रहेका आशिष कुमार कर्णले डाक साकार गरि कलम लिएका हुन् ।
- विगत ३६ वर्षदेखी प्रत्येक बर्ष नयाँ कलम ल्याई भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिने र पुजित कलम लिन धेरै जनाले इच्छा राख्न थालेपछि समितिले डाक बढाबढ प्रक्रियाबाट कलम बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया