राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

राजविराज राजविराज
|
आइतबार, श्रावण २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

सारांश

  •     गाउँपालिकाका जनप्रतिनीधी तथा स्थानीयवासीले प्रर्दशन पछी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आवश्यक पहल गरी दिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन ।
  •       क्यान्सर रोगले पीडित विरामी अवस्थाका सो पालिका वडा नं.
  • ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा आएको अन्य जनप्रतिनीधी तथा गाउँलेहरुले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती तथा प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायलाई ज्ञापनपत्र बुझाएका हुन ।

दैनिक समाचारदाता
राजविराज, २० साउन ।

    सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी र स्थानीयवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित ८ बुंदे माग अघि सार्दै आईतवार सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले गाउँसभा रद्दगरि पुनःनयाँ मिति तोकेर अर्काे गाउँसभा गर्न पनि माग गरेका छन् । 
    गाउँपालिकाका जनप्रतिनीधी तथा स्थानीयवासीले प्रर्दशन पछी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आवश्यक पहल गरी दिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन । 
    क्यान्सर रोगले पीडित विरामी अवस्थाका सो पालिका वडा नं. ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा आएको अन्य जनप्रतिनीधी तथा गाउँलेहरुले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती तथा प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायलाई ज्ञापनपत्र बुझाएका हुन । 
    ज्ञापनपत्र मार्फत साउन १० गते सम्पन्न पालिकाको १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबी सहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर तथा अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नू पर्ने प्रमुख माग अघि सारिएको छ । 
    ज्ञापनपत्रमा गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । 
    गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना सदस्य कायम छन । जस मध्ये १७ जनाले गत साउन १० गते सम्पन्न गाउँसभालाई अवैधानिक भन्दै ज्ञापनपत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नु पर्ने माग गरेका छन । 
    यस्तै ज्ञापनपत्र मार्फत पालिकाको ०७९÷०८० र ०८०÷०८१ को आय–ब्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, पालिकाकाको आफ्नै एउटा स्कारपियो हुदा हुदै थप २ वटा स्कारपियो गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समय देखी नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि अघि सारिएको छ । 
    टोलीमा सहभागी स्थानीय समाजसेवी रामकान्त यादवले २२ गते मंगलवार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफुहरुले अघि सारेको जायज मागहरु उपर तत्काल सम्बोधनको पहल नभए बैठक वसी आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी भएको जानकारी समेत दिए । 
    ज्ञापनपत्रको बोद्यार्थ, मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग