राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

राजविराज राजविराज
|
आइतबार, श्रावण २०, २०८१
|
|
६५ पटक हेरिएको
Shares
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन

सारांश

  •     गाउँपालिकाका जनप्रतिनीधी तथा स्थानीयवासीले प्रर्दशन पछी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आवश्यक पहल गरी दिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन ।
  •       क्यान्सर रोगले पीडित विरामी अवस्थाका सो पालिका वडा नं.
  • ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा आएको अन्य जनप्रतिनीधी तथा गाउँलेहरुले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती तथा प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायलाई ज्ञापनपत्र बुझाएका हुन ।

दैनिक समाचारदाता
राजविराज, २० साउन ।

    सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी र स्थानीयवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित ८ बुंदे माग अघि सार्दै आईतवार सदरमुकाम राजविराजमा प्रर्दशन गरेका छन् । उनीहरुले गाउँसभा रद्दगरि पुनःनयाँ मिति तोकेर अर्काे गाउँसभा गर्न पनि माग गरेका छन् । 
    गाउँपालिकाका जनप्रतिनीधी तथा स्थानीयवासीले प्रर्दशन पछी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आवश्यक पहल गरी दिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन । 
    क्यान्सर रोगले पीडित विरामी अवस्थाका सो पालिका वडा नं. ५ का वडाअध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा आएको अन्य जनप्रतिनीधी तथा गाउँलेहरुले हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती तथा प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायलाई ज्ञापनपत्र बुझाएका हुन । 
    ज्ञापनपत्र मार्फत साउन १० गते सम्पन्न पालिकाको १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबी सहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर तथा अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नू पर्ने प्रमुख माग अघि सारिएको छ । 
    ज्ञापनपत्रमा गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । 
    गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना सदस्य कायम छन । जस मध्ये १७ जनाले गत साउन १० गते सम्पन्न गाउँसभालाई अवैधानिक भन्दै ज्ञापनपत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नु पर्ने माग गरेका छन । 
    यस्तै ज्ञापनपत्र मार्फत पालिकाको ०७९÷०८० र ०८०÷०८१ को आय–ब्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, पालिकाकाको आफ्नै एउटा स्कारपियो हुदा हुदै थप २ वटा स्कारपियो गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समय देखी नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि अघि सारिएको छ । 
    टोलीमा सहभागी स्थानीय समाजसेवी रामकान्त यादवले २२ गते मंगलवार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफुहरुले अघि सारेको जायज मागहरु उपर तत्काल सम्बोधनको पहल नभए बैठक वसी आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयारी भएको जानकारी समेत दिए । 
    ज्ञापनपत्रको बोद्यार्थ, मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
ओलीको पालामा संशोधन होला ?
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी