बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी

राजविराज राजविराज
|
बुधबार, आश्विन २२, २०८२
|
|
६९ पटक हेरिएको
Shares
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी

सारांश

  •     बैंकमा पैसा जम्मा गर्न आएका बृद्ध ग्राहकको झोलाबाट एक लाख रुपैयाँ लुटी फरार भएको दृश्य बैंकको सिसिटिभी क्यामरामा कैद र पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीले खोजीकार्य तिब्र पारेको हो ।
  •     प्राप्त घट्ना विवरण अनुसार गत असोज १२ गते आइतबारका दिन राजविराजस्थित आइडियल सहकारी संस्थामा राजगढ गाउँपालिका निवासी ६५ बर्षीय मो.
  • हकिम एकलाख रुपैयाँ जम्मा गर्न आएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ असोज । 

    एक वृद्ध ग्राहकलाई नाटकिय ढंगबाट लुटने दुई महिलासहित तीन जनाको खोजीमा प्रहरी सक्रिय भएका छन् । 
    बैंकमा पैसा जम्मा गर्न आएका बृद्ध ग्राहकको झोलाबाट एक लाख रुपैयाँ लुटी फरार भएको दृश्य बैंकको सिसिटिभी क्यामरामा कैद र पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीले खोजीकार्य तिब्र पारेको हो ।
    प्राप्त घट्ना विवरण अनुसार गत असोज १२ गते आइतबारका दिन राजविराजस्थित आइडियल सहकारी संस्थामा राजगढ गाउँपालिका निवासी ६५ बर्षीय मो. हकिम एकलाख रुपैयाँ जम्मा गर्न आएका थिए । रुपैयाँ जम्मा गर्ने क्रममा भौचर भर्दाभर्दै उनी लुटिएका थिए । काउन्टरमा भौचर भर्दै गर्दा पछाडी उभिएकी एक महिलाले बडो चलाखीपुर्ण तरिकाले उनको झोलाको चेन खेलेर पैसा झिकेकी थिईन् । त्यसपछि उनले त्यो रकम तत्कालै आफ्नो पछाडी उभिएकी एक नवालिकालाई दिएकी थिईन् ।
    ती महिला र उनीसंगै आएकाहरुले गरिरहेको व्यवहार सिसिटिभीबाट प्रत्यक्ष देखिएको बैंकका प्रबन्धक गणेश कुमार आसले बताए । आफुले नै उक्त सिसिटिभी फुटेज उपलब्ध गराई दिएपछि पीडित व्यक्ति न्याय खोज्दै प्रहरुको शरणमा पुगेको उनले सुनाए । पीडित व्यक्ति मो.हकिमले अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई सिसिटिभी फुटेज सहित ती अपरचित महिला समूह विरुद्ध उजुरी दिएको सुनाए ।
    जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक डम्बर पुरीले बैंकका साथै आसपासका सिसिटिभी फुटेजको पनि अध्ययन गरी अपराधी पत्ता लगाउने काम भईरहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?