कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका नर्घो निवासी ९० वर्षिय शर्माको फागुन १४ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।
  • विद्यार्थीकाल देखी नै नेवि संघबाट राजनीतिमा होमिएका शर्मा २०४८ सालमा काँग्रेसबाट सासंद पदमा निर्वाचित समेत भएका थिए ।
  •       अयोजित सभामा राष्ट्रियसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता मृगेन्द्रकुमार सिंह यादवले बहुमुखी प्रतिभाका धनी शर्मा कुनै दल विशेषको मात्र नभई जिल्ला र राष्ट्रकै सम्पत्ति भएकाले उनको निधनले देशलाई अपूर्णिय क्षति भएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
    नेपालको पहिलो चार्टड एकाउन्टेन्ट, विमा संस्थानका संस्थापक, अर्थविज्ञ एवं वरिष्ठ राजनीतिज्ञ स्व. कुबेर प्रसाद शर्माको सम्झनामा आइतबार गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
    सप्तरीको राजगढ गाउँपालिका नर्घो निवासी ९० वर्षिय शर्माको फागुन १४ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । विद्यार्थीकाल देखी नै नेवि संघबाट राजनीतिमा होमिएका शर्मा २०४८ सालमा काँग्रेसबाट सासंद पदमा निर्वाचित समेत भएका थिए । 
    अयोजित सभामा राष्ट्रियसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता मृगेन्द्रकुमार सिंह यादवले बहुमुखी प्रतिभाका धनी शर्मा कुनै दल विशेषको मात्र नभई जिल्ला र राष्ट्रकै सम्पत्ति भएकाले उनको निधनले देशलाई अपूर्णिय क्षति भएको जिकिर गरे । 
    नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले राजनीतिलाई समाजसेवासँग जोड्दै अघि बढेका शर्माको निधनले विकास चाहने सबैलाई क्षति भएको बताए । 
    पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले स्व. शर्माको योगदानको चर्चा गर्दै उनले देखाएको मार्गमा हिड्न सके देश र जनताको हित हुने बताए । 
    नागरिक संजालका पूर्वअध्यक्ष रामकुमार यादवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जलीसभामा प्रेस काउन्सीलका पूर्वसदस्य मूरली यादव, पत्रकार महासंघका पूर्व सभापति धिरेन्द्र साह, ग्लोबर बहुमुखी सहकारी संस्था लि.का कार्यक्रम संयोजक पंकज पोखरेल, नगरपालिका कर्मचारी एशोसिएशनका केन्द्रिय सदस्य उमेश यादव, जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल, कानुन व्यवसायी प्रह्लाद घिमिरेलगायतले पनि स्व. शर्माको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु