दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नं. ४ का १९ बर्षीय संजु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव छन् ।
प्रहरीका अनुसार बिहीबार राति राजविराज नगरपालिका वडा नं. ३ स्थित पोखरेल टोल जाने बाटोमा स्थानीय लालबाबु ठाकुरको घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो ।
चोरीपछि करिब पाँच सय मिटर टाढा लगेर मोटरसाइकलको तार सर्ट गरी लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले शंका लागि जाँच गर्ने क्रममा तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं.
- १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नं.
- ४ का १९ बर्षीय संजु यादव र सोही वडाका १९ वर्षीय मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया