दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
पुस २५ देखी बजाज कम्पनीका मोटरसाइकलको महाएक्सचेन्ज मेला राजविराजमा आयोजना गरिने भएको छ ।
हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो ।
बुधबार राजविराजमा महाएक्सचेन्ज मेलाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा गोल्छा गु्रपका असिस्टेन्ट म्यानेजर शंकर मण्डलले मेला पुस २५ देखी पुस ३० सम्म चल्ने जानकारी दिए ।
उनले मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर निश्चित गरिएको रकम थप गरि बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध रहेको जानकारी दिदै पुरानो मोटरसाइकलको बजार मुल्य भन्दा १० हजार थप जोडेर एक्सचेन्ज गरिने सुविधा समेत उपलब्ध रहेको बताए ।
पत्रकार सम्मेलनमा खान आटोमोवाइल्सका संचालक कलिम खाँले मेला अवधीभर सर्वसाधारणलाई ४० देखी ५० प्रतिशत, पत्रकारहरुलाई विशेष छुटसहित डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिने सुविधा उपलब्ध हुने जानकारी दिए ।
यसैगरि मेला अवधीभर नयाँ मोटरसाइकल खरीदमा तत्कालै ८ हजार रुँपैया छुट हुने, सर्विसिंङ तथा मोटरसाइकल उपकरण खरीदमा पनि विशेष छुट दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । उक्त मेलामा बजाज कम्पनीका मोटरसाइकल, मोटरपार्टस र अन्य उपकरणहरुको एक दर्जनभन्दा बढी स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला
सारांश
- हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो ।
- बुधबार राजविराजमा महाएक्सचेन्ज मेलाबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा गोल्छा गु्रपका असिस्टेन्ट म्यानेजर शंकर मण्डलले मेला पुस २५ देखी पुस ३० सम्म चल्ने जानकारी दिए ।
- उनले मेलामा कुनै पनि कम्पनीका पुरानो मोटरसाइकल साटेर निश्चित गरिएको रकम थप गरि बजाज कम्पनीको नयाँ मोटरसाइकल लिने सुविधा उपलब्ध रहेको जानकारी दिदै पुरानो मोटरसाइकलको बजार मुल्य भन्दा १० हजार थप जोडेर एक्सचेन्ज गरिने सुविधा समेत उपलब्ध रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया