दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेडलाई जिल्ला अदालत सप्तरीले पूर्पक्षका लागि बिहीबार जेल चलान गरेको छ ।
न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि उक्त संस्थाका संचालक समितिका सचिव तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । त्यसपछि सहकारीको रकम ठगि तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले पाँच÷पाँच दिन गरि दुई पल्ट अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद र अनुमति प्राप्त गरेको थियो । तेश्रो पटकको थुनछेक बहसमा तातेडको तर्फबाट अधिवक्ता महेन्द्र चौधरी, शिवकुमार चौधरी, अशोक चौधरी र नवराज क्षेत्रीले बहस गरेका थिए । यस्तै जाहेरवालाको तर्फबाट सरकारी वकिलका साथै अधिवक्ता हेमनारायण चौधरी र सुरेश सिंहले बहस पैरवी गरेका थिए ।
बि.स. २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सात जना संचालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले तातेडसहित सातै जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
संचालक समितीमाथी बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया अपचलन गरेको आरोप रहेको प्रहरीको भनाई छ ।
संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सात सदस्यीय संचालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य ५ जना संचालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए ।
अनुसन्धानको क्रममा अदालतबाट संचालक समितीका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । अन्य फरार आरोपितहरुको खोजी कार्य भईरहेको डिएसपी नेउपानेले बताए ।
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान
सारांश
- न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
- सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि उक्त संस्थाका संचालक समितिका सचिव तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो ।
- त्यसपछि सहकारीको रकम ठगि तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले पाँच÷पाँच दिन गरि दुई पल्ट अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद र अनुमति प्राप्त गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया