जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा

राजविराज राजविराज
|
बुधबार, माघ ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
जवाफी कारवाही “इन्काउन्टर” मा चौधरी मारिए, सप्तरी प्रहरी र प्रदेश प्रहरीको विज्ञप्ति नै शंकाको घेरामा

सारांश

  •     सप्तरी प्रहरीका अनुसार जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं.
  • ३ निवासी ३५ वर्षिय दीपेन्द्र चौधरी प्रहरीको जवाफी कारवाहीमा मारिएको जनाएको छ ।
  •       सप्तरी प्रहरीले मोटरसाइकललाई रोक्न खोज्दा गोली चलेको तथा जवाफी कारवाहीमा प्रहरीले गोली चलाएपछि चौधरी मारिएको बताए पनि प्रदेश प्रहरीले भने मोटरसाइकल पछाडी सवार व्यक्ति मोटरसाइकलबाट झरी प्रहरीलाई गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्नु परेको जनाएकोले घटनाप्रति शंका उब्जाएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 
    प्रहरीसँगको जवाफी कारवाहीमा बुधबार बिहान सप्तरीमा एक व्यक्ति मारिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले घटना सम्बन्धी जारि गरेको छुट्टाछुट्टै विज्ञप्तिले जवाफी कारवाही “इन्काउन्टर” प्रति शंका उब्जाएको छ । 
    सप्तरी प्रहरीका अनुसार जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ३ निवासी ३५ वर्षिय दीपेन्द्र चौधरी प्रहरीको जवाफी कारवाहीमा मारिएको जनाएको छ । 
    सप्तरी प्रहरीले मोटरसाइकललाई रोक्न खोज्दा गोली चलेको तथा जवाफी कारवाहीमा प्रहरीले गोली चलाएपछि चौधरी मारिएको बताए पनि प्रदेश प्रहरीले भने मोटरसाइकल पछाडी सवार व्यक्ति मोटरसाइकलबाट झरी प्रहरीलाई गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्नु परेको जनाएकोले घटनाप्रति शंका उब्जाएको हो । 


    बुधबार बिहान ४ बजेर ३० मिनेटमा रुपनीबाट मोटरसाइकमा सवार दुई व्यक्ति राजविराजतर्फ आँउदै गरेको अवस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्न मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा पछाडी सवार चौधरीले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीको जवाफी कारवाहीमा उनी मारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले दाबी गरेको छ । 
    जिल्लाको विभिन्न स्थानहरुमा सशस्त्र समूहका व्यक्तिहरु प्रवेश गरि अपराधिक घटनाहरु घटाउन सक्ने सम्मका गतिविधिहरु गर्न सक्ने भन्ने विशेष सूचनाको आधारमा जिल्लाको विभिन्न स्थानहरुमा खटिएको चेकिङ्ग मध्ये रुपनी राजबिराज सडक खण्डको एक किलो भन्ने स्थानमा रुपनीबाट राजविराजतर्फ आउँदै गरेको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई जना मध्ये पछाडी सवार चौधरीले प्रहरीलाई लक्षित गरि फायर गरेर भाग्न खोज्दा प्रहरीले आत्मरक्षाका लागि जवाफी कारवाहीमा गोली प्रहार गरेको जिल्ला प्रहरीले जनाएको छ । 
    यस्तै जिल्ला प्रहरी कार्यालयले मृतकले साथमा बोकेको झोलाको गाजीमा बिएमएम लेखिएको जंगी गोली एक राउण्ड, प्रगतिशिल तराई मुक्ती मोर्चा केन्द्रिय संयोजक सिजन लेखिएको पर्चा एक थान, पड्किएको गोलीको खोका एक, सानो र ठूलो थान एक समेत दुई, कटुवा पेस्तोल एक थान र मोबाइल दुई थान बरामद गरिएको जारि विज्ञप्तिमा उल्लेख छ । 
    यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जारि गरेको विज्ञप्तिमा रुपनी राजविराज सडक खण्डमा चेक प्वाइन्ट खडा गरि आवत जावत गर्ने मानिस तथा सवाधरीसाधन चेक जाँच तथा शंकास्पद व्यक्ति, समूहको निगरानी भइरहेको समयमा रुपनीबाट राजविराजतर्फ आउँदै गरेको नम्बर तथा पहिचान नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिहरु मध्ये पछाडी सवार रहेको व्यक्तिले प्रहरी टोलीलाई देखी मोटरसाइकलबाट झरी परिचालित चेकिङ्ग प्रहरी टोलीमाथी लक्षित गरि गोली फायर गरेकोले प्रहरी टोलीद्वारा जवाफी कारवाहीमा अपरिचित व्यक्ति मारिएको उल्लेख छ ।   
    प्रदेश २ प्रहरी कार्यालय जनकपुरले मृतकका साथबाट प्रगतिशिल तराई मुक्ती मोर्चा केन्द्रिय संयोजक सिजन लेखिएको पर्चा एक थान, गोली एक थान र पड्किएको गोलीको खोका दुई थान, एक थान कटुवा पेस्तोल बरामद गरिएको जनाएको छ । 
    यसैबीच जिल्ला र प्रदेश प्रहरीले मोटरसाईकल चालक भाग्न सफल भएकोले खोजि कार्य जारि रहेको जनाएको छ भने चौधरीको शव पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु