दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराजस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती गरेको कार्यमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
जिल्ला खेलकुद विकास समितिले बि.स. २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ ।
तत्कालिन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख र अध्यक्षसँगको मिलोमतोमा बजेट अनुसारको कामै नगरि भुक्तानी गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको श्रोतले जनाएको छ ।
आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको प्राबिधिकसहितको तीन सदस्यीय टोलीले बुधबारदेखी राजरंगशालामा पुगि खेलमैदानको विभिन्न भागमा उत्खनन् र नापजोखसँगै अनुसन्धान अघि बढाएको हो ।
सो क्रममा अख्तियारको टोलीमा सम्मिलित आयोगका एक अधिकारील प्रारम्भिक अनुसन्धानमै सम्झौता र भुक्तानी अनुसारको काम नभएको पाइएको जानकारी दिदै रंगशाला खेल मैदानको स्तरोन्नतीका लागि थालिएको प्रक्रिया, भुक्तानी, सम्झौता पत्र र बिल भरपाई लगायतका सबै कागजपत्र नियन्त्रणमा लिई अध्ययन समेत भइरहेको बताए ।
जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०७३÷७४ मा रंगशालाको खेलमैदान स्तरोन्नतीका लागि टेण्डर आह्वान गरेपछि २५ लाखमा निर्माण कार्यको ठेक्का उदय निर्माण सेवाले पाएको थियो ।
यता सो खेल मैदानमा २०७३÷७४ मा २५ लाख तथा २०७४÷७५ मा १४ लाखको स्तरोन्तीको नाममा टेण्डर आहवान गरिएको थियो । तर रंगशाला भने पहिलेको भन्दा पनि अझै जिर्ण र जरजर अवस्थामा पुगेको छ । ध स्राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत समेत भएको छ ।
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती बारे अख्तियारले थाल्यो छानबिन
सारांश
- जिल्ला खेलकुद विकास समितिले बि.
- स.
- २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया