प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
७१ पटक हेरिएको
Shares
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता 

सारांश

  •     सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा प्रशासन कार्यालयको मुल गेटमै दुई घण्टा धर्ना दिइएको हो ।
  •       दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
  •       आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।

    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गत सोमबारदेखी आन्दोलनरत युवाहरुले शुक्रबार पनि दुई घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । यसअघि उनीहरुले बिहीबार एक घण्टा धर्ना दिएका थिए । 
    सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा प्रशासन कार्यालयको मुल गेटमै दुई घण्टा धर्ना दिइएको हो । 
    दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 
    आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए । 
    यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४९ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ ।
    युवाहरुले सोमबार दबाबमूलक ¥याली, मंगलबार सिटी जुलुस, बुधबार दिउँसै टर्च बालेर नेता सांसदहरुको खोजि, बिहीबार र शुक्रबार धर्ना कार्यक्रम गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको तथा दोश्रो चरणको आन्दोलन पुनः बैठक बसी तय गरिने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
नवजात शिशुको शव कुकुरले मुखमा लिएर घुमिरहेको देख्दा …
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा