दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूचारुको माग गत सोमबारदेखी आन्दोलनरत युवाहरुले शुक्रबार पनि दुई घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । यसअघि उनीहरुले बिहीबार एक घण्टा धर्ना दिएका थिए ।
सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा प्रशासन कार्यालयको मुल गेटमै दुई घण्टा धर्ना दिइएको हो ।
दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गर्नुपर्ने माग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत २६ असोजदेखी थालेको रिले अनशनलाई ४९ औं दिन बिहीबार पनि निरन्तरता दिएको छ ।
युवाहरुले सोमबार दबाबमूलक ¥याली, मंगलबार सिटी जुलुस, बुधबार दिउँसै टर्च बालेर नेता सांसदहरुको खोजि, बिहीबार र शुक्रबार धर्ना कार्यक्रम गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको तथा दोश्रो चरणको आन्दोलन पुनः बैठक बसी तय गरिने जनाइएको छ ।
प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता
सारांश
- सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा प्रशासन कार्यालयको मुल गेटमै दुई घण्टा धर्ना दिइएको हो ।
- दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको निर्माणको काम रोकिदा पनि सरकारले कुनै वास्ता नगरेकाले सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
- आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले शान्तिपूर्ण आन्दोलनबाट पनि मागको सुनुवाई नभए दोश्रो चरणमा आन्दोलनमा थप सशक्त कार्यक्रमहरु घोषणा गरिने तयार गरिएको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया