सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 

राजविराज राजविराज
|
आइतबार, आषाढ १५, २०७६
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  •     जिल्लाको अधिकांश स्थानमा खेती योग्य जमिन भएपनि सिंचाईको अभाव र समयमा बर्षा नहुँदा जमिन अहिले पनि बाँझो रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
  •       सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कुल ७० हजार हेक्टर खेतियोग्य जमिन रहेको छ ।
  • अहिलेसम्म सप्तरी जिल्लामा २ हजार १ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    सिचाईको भरपर्दो ब्यवस्था तथा पर्याप्त वर्षा नहुँदा असारको दोश्रो सातासम्म सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई भएको छ ।  
    जिल्लाको अधिकांश स्थानमा खेती योग्य जमिन भएपनि सिंचाईको अभाव र समयमा बर्षा नहुँदा जमिन अहिले पनि बाँझो रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । 
    सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कुल ७० हजार हेक्टर खेतियोग्य जमिन रहेको छ । अहिलेसम्म सप्तरी जिल्लामा २ हजार १ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको छ । 
    जिल्लामा संचालित तीन वटै नहरमा पानीको अभाव र समयमा वर्षा नहुँदा पनि हाल सम्म ३ प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत भगिरथ यादवले जानकारी दिएका छन् ।  
    यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा  ती नहरहरुमा अहिले सम्म पानी नछाडिएकाले समेत रोपाई गर्न समस्या भइरहेको कृषकहरुले गुनासो गरेका छन् ।  
    जिल्लामा रहेका तीन वटै सिंचाई प्रणालीवाट पानीको ब्यवस्था नभएपछि पम्पीसेटका भरमा अहिले सम्म धान रोपाई भएको कृषि ज्ञान केन्द्रका बरिष्ठ अधिकृत यादवको भनाई छ ।  
    जिल्लाको पुर्वी–दक्षिण क्षेत्रको केही जमिनमा सिंचाई भएपनि पश्चिम र उत्तरी भेगका खेतियोग्य  जमिनहरु अझै बाँझै रहेको पाइएको उनले बताए ।
    सप्तरीमा सिंचाई सुविधा नहुँदा जिल्लाको वोदेवरसाईन, सारस्वर, पातो, वरही विरपुर, फुलकाही, कोदरकट्टि, भुतही, मानराजा, खडकपुर, अर्नाहा, व्रहमपुर, कविलासा, मलहनीयाा, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुर लगायत पश्चिम र उत्तर क्षेत्रका तीन दर्जनभन्दा बढि गाउँमा अहिले खेती योग्य जमिनमा धान रोपाई नभएको कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 
    यस्तै पानी नहुँदा धानको विउ ब्याडमा मै सुक्न थालेको किसानहरु वताउँछन् । घामले डढेर विउ पहेंलो भएर सुक्न थालेकाले २÷४ दिनभित्र वर्षा नभए रोपाई गर्न नसकिने हनुमानगर कंकालनी नगरपालिका वडा नं. २ का कृषक लाल माझीले वताए ।
    असारको पहिलो साता भएको सामान्य वर्षा र त्यसपछि हल्का बर्षाले खेतियोग्य जमिनमा प्राप्त पानी नभएकाले यस क्षेत्रका किसानले धान रोप्न नपाएको उनले गुनासो गरे ।  
    सुख्खा खेत हलो जोतेर पानी पर्ने आशमा वसेका किसानहरु असार महिनामा भाँसिएर काम गर्नु पर्ने हो तर, बर्षा नहुनु र नहरहरुमा पानी नछाड्नुले अहिले धुलोबाट जोगिनु पर्ने अवस्था रहेको सोही ठाउँका अर्का किसान बौवालाल माझीले बताए । 
    जेठ १५ मा राखेको विउ असार १५ पुगिसक्दा पनि रोपाई हुन नसकेको कारण अहिले पम्पसेटको सहाराबाट रोपिएको धान समेत चर्को घामका कारण अहिले डढ्न थालेको किसानहरुले  गुनासो गरेका छन् ।   
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
मेलमिलाप सम्बन्धि तालिम शुरु 
मेलमिलाप सम्बन्धि तालिम शुरु 
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
सामाचकेवा सम्बन्धी भिडियो बनाएर  युनेस्कोबाट मुखिया पुरस्कृत
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
सवारी दुर्घटनामा तीन जना घाइते 
सवारी दुर्घटनामा तीन जना घाइते 
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
एक बर्षको अवधिमा १ सय ४९  जना फरार अपराधी पक्राउ
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?