तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 

राजविराज राजविराज
|
सोमबार, माघ २८, २०८१
|
|
४० पटक हेरिएको
Shares
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न 

सारांश

  •     गाउँपालिकास्थित बाबा बनसखण्डी प्राङ्गण स्थित मैदानमा आयोजना गरिएको अन्तिम दिनको खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा गरि ६ वटा प्रतिस्पर्धा सम्पन्न भएको हो ।
  •       प्रतियोगितामा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल भए भने भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिस्पर्धामा एक–एक जित निकाल्न सफल रहे ।
  •       पुरुषतर्फ भएको कुस्तीमा नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे भने भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।    

    सप्तरीको तिरहुत गाउँपालिमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता सोमबारसोमबार सम्पन्न भएको छ ।  
    गाउँपालिकास्थित बाबा बनसखण्डी प्राङ्गण स्थित मैदानमा आयोजना गरिएको अन्तिम दिनको खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा गरि ६ वटा प्रतिस्पर्धा सम्पन्न भएको हो । 
    प्रतियोगितामा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल भए भने भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिस्पर्धामा एक–एक जित निकाल्न सफल रहे । 
    पुरुषतर्फ भएको कुस्तीमा नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे भने भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे । 
    यस्तै महिलातर्फ भएको दुई प्रतिस्पर्धामा नेपालकी ज्योती साहले भारतकी सोनाक्षीलाई हराएकी थिईन् भने अर्को प्रतिस्पर्धामा भारतकी नम्रताले नेपालकी पुनिता यादवलाई पराजित गरिन् । 
    तीन दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दुई र पुरुषतर्फ ११ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ भारतले सात र नेपालले चार पदक ल्याउन सफल भयो भने महिलातर्फ दुबै देशले एक–एक पदक बाँडेको आयोजकले जनाएको छ । 
    प्रतियोगिताको समापन समारोहमा समारोहमा प्रमख अतिथि गाउँपालिका अध्यक्ष बिजय यादव, प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव, प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
कोईलाडी र मन्सापुर बिजयी
कोईलाडी र मन्सापुर बिजयी
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु