बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार

राजविराज राजविराज
|
आइतबार, आश्विन १९, २०८२
|
|
१४७ पटक हेरिएको
Shares
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार

सारांश

  •     सो नगरपालिका वडा नं.
  • ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाको राजविराजस्थित बरख गणको टोलीले ती व्यक्तिहरुको सकुशल उद्वार गरेको हो ।
  •     बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ असोज ।  
 
     अविरल वर्षापछि आइतबार बिहान आएको बाढीका कारण सप्तरीको सप्तकोशी नगरपालिकामा डुवानमा परेका बीस जनालाई नेपाली सेनाको टोलीले उद्वार गरेको छ ।
    सो नगरपालिका वडा नं. ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाको राजविराजस्थित बरख गणको टोलीले ती व्यक्तिहरुको सकुशल उद्वार गरेको हो ।


    बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।


     वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले बताए । नेपाली सेनाको सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?