दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
पाँच दिन अघि विरामी भएर भर्ना भएकी एक बालिकालाई समय भन्दा २ घण्टा अगावै स्वास्थ्यकर्मीले सुई लगाएको भन्दै आफन्तले आक्रोस पोखेका छन् ।
भाइरल संक्रमणबाट बिरामी भई स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएकी राजविराज ७ की लक्ष्मी कुमारी यादवलाई तालिका भन्दा २ घण्टा अगावै ड्युटीमा रहेका स्वास्थयकर्मीले सोमबार राती सुई लगाएको भन्दै आफन्तले आक्रोश पोखेका हुन ।
जसकारण मंगलवार विहान अस्पतालमा केही समय तनाव समेत भएको थियो । बालिकाका बुबा रामकुमार यादवले चिकित्सकले उपलब्ध गराएको चार्टमा राती १२ बजे सुई लगाउनुपर्नेमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीले २ घण्टा अगावै राती १० बजे नै सुई लगाएको जानकारी दिए ।
उनले स्वास्थ्यकर्मीले लापरवाही गरेको भन्दै विरामी छोरीलाई तुरुन्त अन्यत्र रिफर गर्नु पर्ने माँग गर्दै हो–हल्ला गरेपछि जम्मा भएका स्थानीयवासी, जनप्रतिनिधि र चिकित्सकले सम्झाई बुझाई गरी वातावरण साम्य पारेका थिए ।
यता बालिकालाई सुई लगाउने तालिकामा केही समय हेरफेर भएकाले त्यसलाई मिलाउन २ घण्टा अघि नै सुई लगाइएको र त्यसले बालिकाको स्वास्थ्य कुनै गलत असर नपर्ने सुई लगाउने स्वास्थ्यकर्मीले दावी गरेका छन् ।
समय अगावै सुई लगाएको आफन्तको गुनासो
सारांश
- भाइरल संक्रमणबाट बिरामी भई स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएकी राजविराज ७ की लक्ष्मी कुमारी यादवलाई तालिका भन्दा २ घण्टा अगावै ड्युटीमा रहेका स्वास्थयकर्मीले सोमबार राती सुई लगाएको भन्दै आफन्तले आक्रोश पोखेका हुन ।
- जसकारण मंगलवार विहान अस्पतालमा केही समय तनाव समेत भएको थियो ।
- बालिकाका बुबा रामकुमार यादवले चिकित्सकले उपलब्ध गराएको चार्टमा राती १२ बजे सुई लगाउनुपर्नेमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीले २ घण्टा अगावै राती १० बजे नै सुई लगाएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया