दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
पाँच दिन अघि विरामी भएर भर्ना भएकी एक बालिकालाई समय भन्दा २ घण्टा अगावै स्वास्थ्यकर्मीले सुई लगाएको भन्दै आफन्तले आक्रोस पोखेका छन् ।
भाइरल संक्रमणबाट बिरामी भई स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएकी राजविराज ७ की लक्ष्मी कुमारी यादवलाई तालिका भन्दा २ घण्टा अगावै ड्युटीमा रहेका स्वास्थयकर्मीले सोमबार राती सुई लगाएको भन्दै आफन्तले आक्रोश पोखेका हुन ।
जसकारण मंगलवार विहान अस्पतालमा केही समय तनाव समेत भएको थियो । बालिकाका बुबा रामकुमार यादवले चिकित्सकले उपलब्ध गराएको चार्टमा राती १२ बजे सुई लगाउनुपर्नेमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीले २ घण्टा अगावै राती १० बजे नै सुई लगाएको जानकारी दिए ।
उनले स्वास्थ्यकर्मीले लापरवाही गरेको भन्दै विरामी छोरीलाई तुरुन्त अन्यत्र रिफर गर्नु पर्ने माँग गर्दै हो–हल्ला गरेपछि जम्मा भएका स्थानीयवासी, जनप्रतिनिधि र चिकित्सकले सम्झाई बुझाई गरी वातावरण साम्य पारेका थिए ।
यता बालिकालाई सुई लगाउने तालिकामा केही समय हेरफेर भएकाले त्यसलाई मिलाउन २ घण्टा अघि नै सुई लगाइएको र त्यसले बालिकाको स्वास्थ्य कुनै गलत असर नपर्ने सुई लगाउने स्वास्थ्यकर्मीले दावी गरेका छन् ।
समय अगावै सुई लगाएको आफन्तको गुनासो
सारांश
- भाइरल संक्रमणबाट बिरामी भई स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएकी राजविराज ७ की लक्ष्मी कुमारी यादवलाई तालिका भन्दा २ घण्टा अगावै ड्युटीमा रहेका स्वास्थयकर्मीले सोमबार राती सुई लगाएको भन्दै आफन्तले आक्रोश पोखेका हुन ।
- जसकारण मंगलवार विहान अस्पतालमा केही समय तनाव समेत भएको थियो ।
- बालिकाका बुबा रामकुमार यादवले चिकित्सकले उपलब्ध गराएको चार्टमा राती १२ बजे सुई लगाउनुपर्नेमा ड्यूटीमा रहेका स्वास्थ्यकर्मीले २ घण्टा अगावै राती १० बजे नै सुई लगाएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया