दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्षको कार्यकक्षमा दुई दिन अघि गरिएको तालाबन्दी आइतबार एक पक्षिय ढंगले फुटाइएको छ ।
कोरोना प्रभावित विपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशी बितरणका लागि छनौट गरिएको नामावली त्रृटीपूर्ण रहेको र सो सच्याउनु पर्ने माग गर्दै आन्दोलनरत पीडित पक्षले तालाबन्दी गरेका थिए ।
आन्दोलनरत पीडित पक्षले कार्यकक्षमा लगाइएको ताला वडा अध्यक्षका समर्थक मार्फत फुटाइएपछि झन आक्रोसित हुँदै नयाँ ढंगले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीन र सुरक्षाकर्मीहरुको उपस्थितिमा वडा अध्यक्ष दिनेश प्रसाद साहका समर्थकहरुले ताला फुटाएका हुन् । सो क्रममा झडप हुने स्थिति समेत सृजना भएको थियो ।
उनले कोरोना प्रभावित विपन्न परिवारका लागि प्राप्त सहयोग बितरण गर्न तयार पारिएको नामावलीमा जनप्रतिनिधि देखी एउटै परिवारका तीनजना सम्मको नाम समावेश गरिएकाले सो सच्याई बास्तविक पीडितहरुलाई उक्त राहत रकम दिनुपर्ने आन्दोलित पक्षको माग रहेको छ ।
यता वडा अध्यक्ष साहले आफूले ताला तोड्न कुनै निर्देशन नदिएको बताउँदै कोरोना पीडितको सहयोग राशी बितरणका लागि तयार पारिएको नामावली सही रहेको भन्ने कुरामा चित्त बुझेकाहरुले आफै आएर ताल्चा फुटाइदिएको दाबी गरेका छन् । ५३ जनालाई मात्र उक्त सहयोग उपलब्ध गराउन सकिने बाध्यता रहेको अवस्थामा ५ सय जनाले आवेदन दिदा समस्या भएको उनको भनाई छ ।
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
सारांश
- कोरोना प्रभावित विपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशी बितरणका लागि छनौट गरिएको नामावली त्रृटीपूर्ण रहेको र सो सच्याउनु पर्ने माग गर्दै आन्दोलनरत पीडित पक्षले तालाबन्दी गरेका थिए ।
- आन्दोलनरत पीडित पक्षले कार्यकक्षमा लगाइएको ताला वडा अध्यक्षका समर्थक मार्फत फुटाइएपछि झन आक्रोसित हुँदै नयाँ ढंगले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
- राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीन र सुरक्षाकर्मीहरुको उपस्थितिमा वडा अध्यक्ष दिनेश प्रसाद साहका समर्थकहरुले ताला फुटाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया