दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीमा सोमबारदेखी राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु भएको छ । जिल्लामा सोमबारसम्ममा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८ सय ६६ जनाको डाटा इन्ट्री भइसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिए ।
कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुन: २०७७ असोजदेखी अघि बढाइएको उनले बताए ।
हाल परिचय पत्र बनाउने कामलाई तिब्र बनाइएको जानकारी दिँदै प्रजिअ आचार्यले जिल्लाको बलान बिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता कार्य भइरहेको जानकारी समेत दिए ।
हरेक नेपालीको जैविक तथा बैयत्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य सुरु गरेको हो ।
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सारांश
- जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् ।
- सो अवसरमा प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिए ।
- कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुन: २०७७ असोजदेखी अघि बढाइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया