न्यायाधीशहरूको बिदाइ तथा सम्मान 

राजविराज राजविराज
|
बिहिबार, भाद्र १९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 

सारांश

  •     राजविराज उच्च अदालत बार एशोशिएशन राजविराजले आयोजना गरेको कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीशहरू सरला कुमारी पाण्डे, अर्जुन अधिकारी, पूर्ण प्रसाद राजवंशी, कृष्णप्रसाद सुवेदी, नारायण प्रसाद सुवेदी, कोहलचन्द्र सुवेदी तथा सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश दिपक कुमार दाहाल, टंक प्रसाद महत लगायतको संयुक्तरूपमा बिदाइ तथा सम्मान गरिएको हो ।
  •     कार्यक्रमका वक्ताहरूले यसपालि दुवै अदालतको न्यायाधीशहरूको टिमले सर्वसुलभ, निश्पक्ष र सहज रूपमा गरेको न्याय सम्पादन उत्कृष्ट रहेको बताउँदै सेवाग्राहीले उनीहरूको पालामा निश्पक्ष न्याय पाएको महशुस गरेको बताएका छन् ।
  • उच्च अदालतको वरिष्ठम न्यायाधीश ज्ञवालीको टीमले न्याय सम्पादनका लागि खेलेको भुमिकाको प्रशंसा समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ । 

    उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीशहरूलाई बिहीबार एक कार्यक्रम बिच बिदाइ तथा सम्मान गरिएको छ ।
    राजविराज उच्च अदालत बार एशोशिएशन राजविराजले आयोजना गरेको कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीशहरू सरला कुमारी पाण्डे, अर्जुन अधिकारी, पूर्ण प्रसाद राजवंशी, कृष्णप्रसाद सुवेदी, नारायण प्रसाद सुवेदी, कोहलचन्द्र सुवेदी तथा सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश दिपक कुमार दाहाल, टंक प्रसाद महत लगायतको संयुक्तरूपमा बिदाइ तथा सम्मान गरिएको हो ।
    कार्यक्रमका वक्ताहरूले यसपालि दुवै अदालतको न्यायाधीशहरूको टिमले सर्वसुलभ, निश्पक्ष र सहज रूपमा गरेको न्याय सम्पादन उत्कृष्ट रहेको बताउँदै सेवाग्राहीले उनीहरूको पालामा निश्पक्ष न्याय पाएको महशुस गरेको बताएका छन् । उच्च अदालतको वरिष्ठम न्यायाधीश ज्ञवालीको टीमले न्याय सम्पादनका लागि खेलेको भुमिकाको प्रशंसा समेत गरे । 
    कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीश सरला पाण्डे, पूर्ण प्रसाद राजवंशी सप्तरी जिल्ला अदालतका दिपक कुमार दाहाल, बरिष्ठ अधिवक्ता कृष्णानन्द देव, महेन्द्र चौधरी, डा. देवनारायण यादव, सुजित पोखरेल, भानुभक्त, निरौला, बौद्धकृष्ण भगत, तदर्थ समितिको संयोजक रमेश बहादुर थापा, रामचन्द्र यादव बारका पूर्व अध्यक्ष श्यामनारायण साह, बिजय साह, रमानन्द साह, हेमनारायण चौधरी, भरत यादव, अधिवक्ताहरू बलराम सिंह, पार्वती चौधरी, बाल किशोर यादव, कामेश्वर यादव लगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए ।
    राजविराज उच्च बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दानो चौधरीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?