दैनिक समचारदाता
राजविराज, ६ जेठ ।
हुलाकी राजमार्ग अन्तरगत सप्तरी सदरमुकाम राजविराज वडा नं. ३ हनुमान मन्दिरदेखी वडा नं. १ चनौरा पडरीया सडकखण्ड निर्माणको माग गर्दै बुधबार बिहानदेखी स्थानीयले अवरुद्ध पारेका छन् ।
लामो समयदेखी उक्त सडकखण्ड निर्माण हुननसक्दा स्थानीयले धुलोका कारण सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पुगिरहेको भन्दै सडक अवरुद्ध पारेका हुन् ।
स्थानीयवासीले निर्माणाधीन हुलाकी सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था र सडक स्तरोन्नतिको माग राख्दै आवतजावत पूर्ण रूपमा बन्द गरेका छन् ।
स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायत स्वास्थ्य समस्या बढ्दै गएको छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको उनको आरोप छ ।
तीनै तहका जनप्रतिनिधिहरुले समस्या समाधानमा उदासीनता देखाइएको आरोप लगाउँदै उनले “आन्दोलन बिना समस्या सुनुवाइ हुँदैन” भन्ने अवस्था सिर्जना भएको सामाजिक संजालमा लेखेका छन् ।
सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
सारांश
- लामो समयदेखी उक्त सडकखण्ड निर्माण हुननसक्दा स्थानीयले धुलोका कारण सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पुगिरहेको भन्दै सडक अवरुद्ध पारेका हुन् ।
- स्थानीयवासीले निर्माणाधीन हुलाकी सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था र सडक स्तरोन्नतिको माग राख्दै आवतजावत पूर्ण रूपमा बन्द गरेका छन् ।
- स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायत स्वास्थ्य समस्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया