मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
शनिबार, कार्तिक १९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड

सारांश

  •     सोही क्षेत्रका अर्का उम्मेदवार खेलानन्द दासले मैथिली भाषाको बिकास लागि भाषालाई सरकारी भाषाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिए ।
  •       त्यसैगरी उम्मेदवार महिदेव चौधरीले मैथिली भाषाको बिकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाए ।
  •     त्यस्तै सोही क्षेत्रका उम्मेदवार प्रतिमा देवले मैथिली बिकासका लागि मैथिली पुस्तकालयको ब्यबस्थापन गरी संचालनमा ल्याउने बताईन ।

    राजबिराज÷मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन । 
    मैथिली साहित्य परिषदद्वारा शनिबार राजविराजमा आयोजित मैथिली भाषाको बिकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । 
    कार्यक्रममा सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ को (२) प्रदेशसभा उम्मेदवार लक्ष्मण यादबले आफु निर्वाचित भएमा मैथिली भाषाको बिकासका लागि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्ने प्रतिबधता जनाए । 
    सोही क्षेत्रका अर्का उम्मेदवार खेलानन्द दासले मैथिली भाषाको बिकास लागि भाषालाई सरकारी भाषाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिए । 
    त्यसैगरी उम्मेदवार महिदेव चौधरीले मैथिली भाषाको बिकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाए ।
    त्यस्तै सोही क्षेत्रका उम्मेदवार प्रतिमा देवले मैथिली बिकासका लागि मैथिली पुस्तकालयको ब्यबस्थापन गरी संचालनमा ल्याउने बताईन । 
    मैथिल साहित्य परिषद अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पुर्व अध्यक्ष बिष्णु मण्डल, मैथिल महिला परिषदकी पूर्व अध्यक्ष मिना ठाकुर, अन्तर्राष्ट्रिय महिला परिषद महासचिव करूणा झा लगायतले मैथिली भाषाको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?