दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
नेकपाका स्थायी कमीटी सदस्य तथा प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले पुष्पलाल परिवार समुदाय भन्दा पनि धैरै माथि रहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृती दिवसको अवसरमा बिहीबार राजबिराजमा आयोजित बिचार गोष्ठीमा उनले सो कुरा बताउँदै पुष्पलालले आफ्नो नामको अगाडी थर समेत नलेखी जातिभन्दा वर्ग ठूलो रहेको सन्देश समेत दिएको उल्लेख गरे ।
सो विचार गोष्ठीमा नेकपाका प्रदेश २ इन्चार्ज समेत रहेको प्रदेशसभा सदस्य मण्डलले वर्तमान समयमा पार्टी भित्र देखा परेको विकृति प्रति कटाक्ष गर्दे भने, “अरुको अस्तित्व स्वीकार गर्नु नै आफ्नो अस्तित्व स्वीकार गर्नु हो, अरुको अस्तित्व नस्वीकारे तपाईको अस्तित्व कसले स्वीकार गर्छ ।”
कार्यक्रममा पूर्व मन्त्री तथा नेकपाका नेता उमेश कुमार यादवले देशमा सम्पन्न क्रान्तिहरुको स्वामित्व कम्युनिष्टले लिन नसकेकोले विप्लवलाई पनि वर्तमान नेकपाको मोर्चामा आउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजकले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा भित्र विकृति र विसंगती बढनुको साथै विचार र सिद्धान्त नमिलेको भन्दै दुःख प्रकट गरे । उनले विचार गोष्ठीको नाममा पनि पार्टी भित्र गुट हावी भएको आरोप लगाए ।
सोही कार्यक्रममा बोल्दै तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य रहेका राजेन्द्र साहले विधि र प्रक्रिया मिचेर योग्य र असल नेतालाई कमिटिहरुबाट हटाउने काम भएको भन्दै आक्रोश पोखे ।
यसैगरी जिल्ला कमिटीमा नअटाएका तत्कालीन नेकपा एमाले जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरले पार्टीमा न्यया हुनुपर्ने र सबैले समान रुपले अवसर पाउनु पर्ने बताए ।
नेकपाका जिल्ला सदस्य जयप्रकाश ठाकुरले अभिव्यक्तिको खण्डन गर्दे भने, “जिल्लामा पार्टी एकीकरणको सवालमा केही नेताहरुले बुझेर पनि बुझ पचाएका छन ।”
समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवले समाजवादी पार्टीसहति देशमा दुई तिहाईको सरकार हुँदा हुँदै पनि संविधान संसोधन गर्न नसके भोली जनतालाई के जवाफ दिने भनी प्रश्न तेस्राउँदै नेकपाको हरेक तहमा बहश र संघर्ष बढाउन सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अधकांश वक्ताहरुले नेकपाका संस्थापक महासचिव पुष्पलालले श्रमजिवी बर्गहरूको पक्षमा उठाएको आवाजलाई बिर्सिन नसकिने बताएका छन् । संस्थापक महासचिव श्रेष्ठले अधिकार प्राप्तीको आन्दोलनमा आप्mनो जीवन दाउमा लगाई सर्वहारा बर्गको पक्षमा उठाएको आन्दोलनलाई भुल्न नसकिने उल्लेख गरेका छन् । उनीहरुले श्रेष्ठले उठाएको आवाज, बिचार र सिद्वान्तमा सम्पुर्ण पार्टी बर्गले प्रेरणा सिक्नुपर्नेमा जोड दिएका थिए ।
पुष्पलाल स्मृति प्रतिष्ठान शाखा सप्तरीका अध्यक्ष प्रतपनारायण चौधरीको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, रुवी कर्ण, नेकपा सप्तरी अध्यक्ष अशोक मण्डल, कंचनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य नथुनी दास, नेकपाका प्रदेश सदस्यद्वय सुखराम यादव र भागवत यादव, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य सुब्बालाल मण्डल, नेकपा सप्तरीकी महिला नेतृृ मन्जु साहलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
सारांश
- नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृती दिवसको अवसरमा बिहीबार राजबिराजमा आयोजित बिचार गोष्ठीमा उनले सो कुरा बताउँदै पुष्पलालले आफ्नो नामको अगाडी थर समेत नलेखी जातिभन्दा वर्ग ठूलो रहेको सन्देश समेत दिएको उल्लेख गरे ।
- सो विचार गोष्ठीमा नेकपाका प्रदेश २ इन्चार्ज समेत रहेको प्रदेशसभा सदस्य मण्डलले वर्तमान समयमा पार्टी भित्र देखा परेको विकृति प्रति कटाक्ष गर्दे भने, “अरुको अस्तित्व स्वीकार गर्नु नै आफ्नो अस्तित्व स्वीकार गर्नु हो, अरुको अस्तित्व नस्वीकारे तपाईको अस्तित्व कसले स्वीकार गर्छ ।
- ” कार्यक्रममा पूर्व मन्त्री तथा नेकपाका नेता उमेश कुमार यादवले देशमा सम्पन्न क्रान्तिहरुको स्वामित्व कम्युनिष्टले लिन नसकेकोले विप्लवलाई पनि वर्तमान नेकपाको मोर्चामा आउन आवश्यक रहेकोमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया