दैनिक समाचारदाता
राजबिराज, १५ साउन ।
कोरोना भाइरसबाट बच्नका लागि सप्तरीमा शुक्रवारसम्म ५७ हजार व्यक्तिले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाईसकेका छन् ।
पहिलो चरणमा लगाएका कोभिशिल खोप २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन । दोश्रो मात्राको भारतबाट आउने कोभिशिल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।
यता चिनबाट प्राप्त भेरोसेल खोपको दुबै डोज जिल्लाका ४० हजार जनाले हालसम्म लिई सकेको उनले जानकारी दिए ।
यस्तै अमेरिकाबाट उत्पादित जोन्सन एण्ड जोन्सनको पुर्ण डोज १७ हजार जनाले लगाइसकेको तथा उक्त खोप ३५ हजार प्राप्त भएकोमा शुक्रवारसम्म १७ हजार व्यक्तिले लगाइसकेको उनको भनाई छ । बाकी रहेका १८ हजार खोप साउन १७ गते देखी विभिन्न पालिकामा प्रदान गरिने तयारी रहेको उनले बताए ।
जिल्लामा सबै उमेर समुहका लागी करिब ६ लाख ५० हजार खोप आवश्यक रहेपनि हालसम्म कुल जनसंख्याको करिब ९ प्रतिशतले मात्र कोभिड–१९ विरुद्धको खोप पाएको उनको भनाई छ ।
कोरोना भाईरसको उपचारका लागी निश्चित औषधी नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चिन, अमेरिका र भारतबाट सरकारले झिकाउने गरेको उनले जानकारी दिए ।
पहिलो चरणमा हिचकिचाहट र संकोच देखिएपनि अहिले नागरिकको उत्साहप्रद सहभागिता देखिएको तथा अधिकांश खोप केन्द्रमा भिड ब्यवस्थापन गर्न हम्मे हम्मे परेको उनको भनाई छ ।
सप्तरीमा कोरोना भाईरसको संक्रमण सुरु भएदेखि हालसम्म पहिलो चरणमा ४२ र दोश्रो चरणमा १ सय १५ गरी १ सय ५७ जनाको मृत्यु भई सकेको छ ।
सप्तरीमा ५७ हजारले लगाए कोरोना विरुद्धको खोप
सारांश
- पहिलो चरणमा लगाएका कोभिशिल खोप २७ हजार ब्यक्ती दोश्रो मात्रा आउने पखाईमा छन ।
- दोश्रो मात्राको भारतबाट आउने कोभिशिल लिन बाँकी २७ हजार जनालाई पनि छिट्टै खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पहिलो मात्रा लिइसकेका २७ हजार व्यक्तिलाई खोप लगाउन ढिलाई भएकाले दोश्रो मात्रा बारे मन्त्रालयमा पहल भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया