दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरी प्रकृया अघि वढाएको भन्दै विरोधमा नेपाल शिक्षक महासंघले गरेको दुई दिने शैक्षिक हडतालका क्रममा पहिलो दिन बुधबार जिल्लाका समपूर्ण सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।
अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।
हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
संघका सचिव विश्वनाथ भदेसवार यादवले विभेदकारी परीक्षा लिई वर्षौदेखी काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई हटाउने प्रपञ्च रचेको बिरुद्ध आन्दोलन स्वरुप शैक्षिक हड्तालमा उत्रेको जनाउँदै अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको बताए ।
शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित
सारांश
- अस्थायी शिक्षकको माँग प्रति एक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।
- हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार वढी विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
- संघका सचिव विश्वनाथ भदेसवार यादवले विभेदकारी परीक्षा लिई वर्षौदेखी काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई हटाउने प्रपञ्च रचेको बिरुद्ध आन्दोलन स्वरुप शैक्षिक हड्तालमा उत्रेको जनाउँदै अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया