हात धुने दिवसमा हात धुने तरिका सिकाइयो

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले आयोजना गरेको कार्यक्रममा खाना खानु अघि हात धुनुपर्ने, दिशा पिसाव गरि सकेपछि साबुन पानीले हात धुनुपर्ने, कुनै खेल खेलेर आइसकेपछि हात धोएर खाना खानुपर्ने र ब्यक्तिगत सरसफाई लगायतका बारेमा जनचेतनामूलक जानकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सिकाइएको छ ।
  •       समुन्नति कार्यक्रम अन्र्तगत पन्सेरा माध्यमिक बिद्यालयमा अध्यनरत करिब २ सय ६५ जना छात्र÷छात्राहरुलाई ६ चरणमा हात धुने तरिका र ब्यक्तिगत सरसफाई सम्बन्धि सबल नेपालका स्वास्थ्य अधिकृत शिवशंकर यादवले सहजिकरण गरि सिकाइएको सवल नेपालले जनाएको छ  ।
  •       यसैगरि बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको गोबिन्दपुरमा रहेको बिद्यालयमा साबुन पानीले हात धुने तरिका सिकाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
    बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको खडक नगरपालिकास्थित रहेको पन्सेरा माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा ६ चरणमा हात धुने तरिका सिकाइएको छ । 
    सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले आयोजना गरेको कार्यक्रममा खाना खानु अघि हात धुनुपर्ने, दिशा पिसाव गरि सकेपछि साबुन पानीले हात धुनुपर्ने, कुनै खेल खेलेर आइसकेपछि हात धोएर खाना खानुपर्ने र ब्यक्तिगत सरसफाई लगायतका बारेमा जनचेतनामूलक जानकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई सिकाइएको छ । 
    समुन्नति कार्यक्रम अन्र्तगत पन्सेरा माध्यमिक बिद्यालयमा अध्यनरत करिब २ सय ६५ जना छात्र÷छात्राहरुलाई ६ चरणमा हात धुने तरिका र ब्यक्तिगत सरसफाई सम्बन्धि सबल नेपालका स्वास्थ्य अधिकृत शिवशंकर यादवले सहजिकरण गरि सिकाइएको सवल नेपालले जनाएको छ  । 

    यसैगरि बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको गोबिन्दपुरमा रहेको बिद्यालयमा साबुन पानीले हात धुने तरिका सिकाइएको छ । 
    जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित गोबिन्दपुरमा रहेको राप्राबि बिद्यालयमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा बिद्यालयमा उपस्थित छात्र÷छात्राहरुलाई बिभिन्न रोग लाग्नबाट बच्नको लागि साबुन पानीले हातधुने तरिका सिकाइएको हो । 
     सो अवसरमा सेभ द सप्तरीका फिल्ड अफिसर बिद्यया मण्डल र प्रोग्राम सुपरभाइजर मोनिका मिश्रले बिद्यालयमा उपस्थित कक्षा १ देखि ५ सम्मका सम्पुर्ण छात्र÷छात्राहरुलाई ६ चरणमा हात धुने प्रकृया सिकाउनुको साथै साबुन पानीले हात धोएर खाना खानुको फाइदा बारे जनचेतना समेतद्ध स्  दिइएको छ । 
    ब्यक्तिगत सरसफाई सम्बन्धि जानकारी दिदै नङ काट्न र सधै साबुन पानीले हात धुने बानी बसालनु पर्ने जनचेतना समेत दिइएको छ ।
    सो अवसरमा राप्राबि गोबिन्दपुरका प्रअ बलदेव मुखिया लगायत शिक्षक, सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देव, बिद्यया मण्डल, सुपरभाइजर मोनिका मिश्र, समुदायिक परिचालक रुभा मण्डल लगायतका उपस्थित रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
आचारसंहिताको उलङघन गर्दै कर्मचारी  आवश्यकताका लागि विज्ञापन आह्वान
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ
६ सय ३ थान विभिन्न लागुऔषधसहित पंचदेव पक्राउ