दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
भारतको पंजाबमा अध्ययनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाईका कारण मृत्यु भएको छ ।
चार महिनाअघि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गर्न भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटी पुगेका सप्तरीको महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षिय हेमन्त मण्डलको युनिभरसिटी प्रशासनको लापरवाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसो मात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए ।
छोराको मृत्यु खबर सुने लगत्तै उनी केही आफन्त लिएर बिहीबारै त्यसतर्फ हिडेका छन् । घटनाको खबर आएपछि उनको घरमा आफन्त र गाउँलेको भिंड लागेको छ भने परिवारमा रुवावासी चलेको छ ।
सानैदेखी जेहन्दार रहेका उनी इन्जिनियर बन्ने सोच बनाएर कात्तिक १६ गते भारतको पंजाबस्थित उक्त कलेजमा भर्ना भएका थिए । बुधबार दिउँसोेतिर अचानक पेट दुखेका उनलाई सामान्य रुपमा लिँदै युनिभरसिटी होस्टलका वार्डेन मोहन सिंहले उपचारका लागि बाहिर लैजान ढिलाई गरेको हेमन्तका साथीहरुलाई उद्धृत गर्दै बुबा बलरामले बताए ।
त्यहा रहेका छोरा हेमन्तका साथीहरुले फोन गरेर यस्तो जानकारी गराएको बताउँदै उनले भने सोही कारणले युनिभरसिटीमा आक्रोसित विद्यार्थीहरुले तोडफोड समेत गरेको खबर प्राप्त भएको छ । गहभरी आँसु पार्दै बलरामले भने, “छोरा इन्जिनियर बनेर आउछु भनेर हिडेका थिए, तर यस्तो विपत्तिपूर्ण खबर प्राप्त भयो ।” उनले छोराको रहस्यम मृत्यु बारे छानबिन गर्न नेपाल सरकारबाट भारतीय सरकारसमक्ष आवश्यक पहलका लागि पनि सबैसँग आग्रह गरेका छन् ।
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
सारांश
- चार महिनाअघि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गर्न भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटी पुगेका सप्तरीको महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षिय हेमन्त मण्डलको युनिभरसिटी प्रशासनको लापरवाहीले ज्यान गएको परिवारजनले बताएका छन् ।
- उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसो मात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए ।
- छोराको मृत्यु खबर सुने लगत्तै उनी केही आफन्त लिएर बिहीबारै त्यसतर्फ हिडेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया