वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा

राजविराज राजविराज
|
शुक्रबार, पौष ४, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     शम्भुनाथ नगरपालिका वडा नं.
  • १२ का वडाध्यक्ष लक्ष्मी साहसहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सप्तरीले जनही १५ हजार धरौटीमा रिहा गरेको हो ।
  •       जिल्ला न्यायाधिश जवाहर प्रसाद सिंहको एकल इजलाशले सो फैसला भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    बलात्कारको प्रयास आरोप लागेका वडा अध्यक्ष बिहीबार धरौटीमा रिहा भएका छन् । 
    शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष लक्ष्मी साहसहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सप्तरीले जनही १५ हजार धरौटीमा रिहा गरेको हो । 
    जिल्ला न्यायाधिश जवाहर प्रसाद सिंहको एकल इजलाशले सो फैसला भएको थियो । 
    गत मंसिर २२ गते प्रहरीले वडा अध्यक्षसहित तीनै जनालाई एक महिलाले बलात्कारको प्रयास भएको उजुरी दिएको आधारमा पक्राउ गरेको थियो । 
    सोको बिरोधमा शम्भुनाथ नगरपालिकाले बुधबारदेखी वडाध्यक्ष साहलाई झुठा आरोप लगाएर फसाएको भन्दै अनिश्चितकालिन कार्यालय बन्दको आह्वान समेत गरेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ