दैनिक समाचारदाता
राजविराज, ७ असार ।
लागुऔषध गाजा भण्डारण र तस्करीको तीन बर्ष पुरानो घट्नामा संलग्न रहेको आरोपमा असार २ गते पक्राउ परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी बुधन भन्ने जोगानन्द मण्डल माथि ज्यानमार्ने उद्योगदेखि हातहतियार खरखजाना सम्मका गरी थप ७ वटा मुद्दा रहेको प्रहरीले खुलासा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार ३५ बर्षीय मण्डल माथि गत आ.ब. २०६५÷०६६ देखि २०८०÷०८१ सम्ममा सप्तरी जिल्ला अदालतबाट चलेको विभिन्न अपराधका थप ७ वटा मुद्दाबारे विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मण्डल उपर २०६५÷०६६ मा केही सार्वजनिक अपराध, २०६७÷०६८ मा हातहतियार तथा औजार र २०६८÷०६९ मा ज्यान मार्ने उद्योगमा क्रमशः इलाका प्रहरी कार्यालय कञ्चरपुर र जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेको छ ।
यस्तै मण्डललाई २०७१÷०७२ मा सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दुई बर्ष कैद र १५ हजार जरिवाना २०७७÷०७८ मा एक बर्ष ९ महिना कैद तथा २०८०÷०८१ मा सोही मुद्दामा १० हजार जरिवाना र चारसय रुपैयाँ क्षतिपुर्ती भराउने अदालतले ठहर गरेको थियो ।
उनी माथि चलेको मुद्दा मध्ये केही सार्वजनिक अपराध, ज्यानमार्ने उद्योग, हातहतियार तथा औजार र हातहतियार खरखजाना लगायतका कसूरबारे अदालतमा न्याय सम्पादन कार्य प्रक्रियामै रहेको प्रहरीको भनाई छ ।
मण्डल सोमबार कोशी व्यारेज क्षेत्रबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७९ पुष १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो गाँजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाँजा तस्करी प्रयोजनका लागि मंडलले नै लुकाई राखेको खुलेको प्रहरीको दावी छ । प्रहरीले सो प्रकरणको अनुसन्धानलाई तिब्र बनाएपछि मण्डल फरार भएका थिए ।
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार ३५ बर्षीय मण्डल माथि गत आ.
- ब.
- २०६५÷०६६ देखि २०८०÷०८१ सम्ममा सप्तरी जिल्ला अदालतबाट चलेको विभिन्न अपराधका थप ७ वटा मुद्दाबारे विवरण सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया