राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
१६५ पटक हेरिएको
Shares
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 

सारांश

  •     तर केही भारत विरोधी मानसिकताको उपजहरु केही दिन यता नेपालमा बढि देख्न थालिएका छन् ।
  • यसको कारण के हो ?
  • भने सार्थक खोजको अनुसन्धान अनुसन्धान गर्नु आवश्यकता देखिन्छ ।

अमरनाथ मण्डल
    नेपाल र भारतको सम्बन्धमा इतिहासिक, पौराणिक, धार्मिक तथा बेटीरोटीको सम्बन्ध रहेको सन्दर्भमा जबजब नेपाल माथि कुनै किसिमको खतराको सिर्जना हुने अवस्था आउँछ । तब भारतले नेपाललाई भरपर्दो सहयोग र स्हार्दपूर्ण वातावरण सिर्जना गर्छ । त्यस्तै नेपालले पनि भारतको ऐतिहासिक आन्दोलनहरुमा आस्था राखी नैतिकपूर्ण तरिकाले भारत परिवर्तनका आन्दोलनहरुमा सहयोग गरेको इतिहासले देखाएका छन् । नेपाल र भारतको सम्बन्ध छिमेकी राष्ट्रको सम्बन्ध मात्र नभई एक अर्काको भाषा, भेष, पोषाक, आहार, व्यवहार, संस्कार समेत मिल्दो जुल्दो रहेको कारण नेपालमा आउँदा खेरी भारतीयलाई भारत छोडेको महसुस हुँदैन भने नेपालीहरुले भारत जाँदा नेपालमा नरहेको अनुभव हुँदैन । त्यसै कारण नेपाल र भारतको सम्बन्ध व्यक्ति व्यक्तिको वैवाहिक सम्बन्ध र धार्मिक आस्था बोकेको सम्बन्धहरुको उदाहरण धेरै रहेको छ । राणाकालमा राजा त्रिभुवनले भारत जाँदा वहाँलाई देखाएका भारतीय पक्षले देखाएका उदाहरण नीतिका कारण राणा शासनको अन्त्यमा सक्रिय भुमिका भारतको पनि रहेको छ भने भारतीय स्वतन्त्रता संग्रामको आन्दोलनमा सप्तरीको हनुमाननगर जेलमा राममनोहर लोहिया, जय प्रकाश नारायण जस्ता भारतीय नेताहरुलाई नेपालका राजनैतिक शक्तिहरु र नेताहरुले हनुमाननगर जेल तोडी भारतीय नेताहरुलाई मुक्त गरी इतिहास कायमै रहेको छ । 
    धार्मिक पौराणिक सम्बन्धहरु नेपाल र भारतको अति नै विशिष्ट तथा महत्वपूर्ण ऐतिहासिक रहेको देखिन्छ । माता सिताको जन्म नेपालको जनकपुरधाममा भएको तथा भगवान रामको विहे जनकपुरमा भएको सन्दर्भहरु अहिले पनि दुई देशको सम्बन्धलाई राम र सिताको विहे सन्दर्भलाई तोडेर धार्मिक ऐतिहासिक आस्थाको सन्दर्भ बनेका छन् । त्यस्तै अन्य पौराणिक, धार्मिक, संस्कृतिक सम्बन्धहरुको एक अर्का बीच अधिकांश आहार व्यवहार मिल्नेको कारण नेपाल र भारतको खुल्ला सिमाना नाकाहरु मार्फत साधारण भन्दा साधारण जिवनयापनको वस्तुहरुको किनबेच नेपाल र भारतको नागरिकहरु एक अर्काको देशमा गएर व्यापारिक गतिविधिहरु गरिरहेका छन् । भारत विश्वको ठूलो प्रजातान्त्रिक देशको रुपमा स्थापित रहेको सन्दर्भमा नेपालको जहानियाँ राणा शासनको अन्त्य र घोर पञ्चायती व्यवस्थाको परिवर्तनको आधारहरु निर्माण गर्न नेपालका नेताहरु भारतमा बसी अनेकौ आन्दोलनको सुत्रधारहरु निर्माण गरेको हामी सामु विदितै रहेको छ । प्रजातान्त्रिक आन्दोलनमा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर तथा भारतका नेता सिताराम युचुरी लगायतका नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई आफू उपस्थिति भई आन्दोलनहरुलाई गति प्रदान गरेको हाम्रो सामु विदितै छ । विभिन्न किसिमका विकासीय गतिविधिहरुमा भारतीय योगदान र सहयोगको अवस्था हाम्रो सामु स्पष्ट रहेको देखिन्छ । अनेकौं किसिमको नेपाल र भारतको सम्झौताहरुले गर्दा दुई देशको आपसी मैत्री परम्परालाई ठोस बल पुगेको अवस्थामा देशको विकास र उन्नतीको लागि छिमेकीहरुको स्वहार्दपूर्ण वातावरण र सक्रिय सहभागिताको आवश्यकताका कारणले गर्दा विकासको गतिहरुलाई सार्थक दिशातिर उन्मुख गर्न सकिन्छ । 
    तर केही भारत विरोधी मानसिकताको उपजहरु केही दिन यता नेपालमा बढि देख्न थालिएका छन् । यसको कारण के हो ? भने सार्थक खोजको अनुसन्धान अनुसन्धान गर्नु आवश्यकता देखिन्छ । भारतको कुनै फिल्डमा अभिनेताले केही समय पूर्ण केही अभिव्यक्तिको कारण, रितिक रोशन प्रकरणको परिणामहरु हाम्रो सामु हाम्रो आँखाको बीचमा अहिले पनि घुमिरहेका छन् । केही दिन यता नक्सा विवाद र सिमाना विभाग प्रकरणले ठूलो राष्ट्रवाद भनाउनेहरु गलत र असभ्य बकतव्यवाजीको कारण नेपाल र भारतको वर्षौ देखिको सम्बन्धमा तितता आईरहेको देखिन्छ । राष्ट्रवादको परिपाटीलाई, राष्ट्रवाद सबल बनाउन हरेक नेपालीको कर्तव्य र दायित्व रहेको अवस्था हरेक नेपाली मन मष्तिषक भित्र आफ्नो देश प्यारो हुने राम्रो पक्ष रहेको अवस्थामा राष्ट्रवादसँग राष्ट्रवादको मामलामा कसैसँग सम्झौता नगर्नु सार्थक सबाल रहेको अवस्थामा राष्ट्रवादलाई गलत व्याख्या गरी छिमेकी देशहरुसँग सम्बन्ध बिगार्नु कदापी कसैको हित हुने अवस्था देखिदैन । नेपालमा आधा भन्दा बढी मधेशी समुदायको जनसंख्या रहेको अवस्थामा मधेशी समुदायहरु नेपालको आदीबासी रहेकोले केही पाखण्डीहरु समय समयमा मधेशीलाई भारतीय भन्ने बेर लगाउँदैन । जसको कारण मधेशमा रहेका मधेशी समुदायहरु अनेकौ बाहानामा शोषन र उत्पीडनको सिकार भोग्न परिरहेको सन्दर्भ देखिन्छ । नेपालको जुनसुकै आन्दोलनमा पनि मधेशी समुदायको अह्म भुमिका र अह्म योगदान रहेको अवस्थामा नेपालको दोश्रो दर्जाको नागरिक मधेशी समुदायलाई सिद्ध गर्न पछि परिरहेको सन्दर्भहरु कारणले गर्दा नेपालमा तीन ओटा मधेश आन्दोलन समेत भएको देखिन्छ । भारतीय जस्तो मधेशी समुदायको अनुहार भएको र भारतीय जस्तो मधेशी समुदायले पोशाक लगाउने गरेको सन्दर्भलाई केही समय पूर्व मधेशी समुदायको प्रमुख पोशाक धोतीलाई अपहेलित र हेप दृष्टिकोणले हेर्नुको कारण पनि मधेशी समुदायहरु भारतीय नागरिक हो भने केही पाखण्डीहरुले सिद्ध गर्न खोजिरहेको सन्दर्भ देखिन्छ । यसै सन्दर्भमा मधेशमा मैथिली, भोजपुरी, अबधी, थारु भाषाहरु बोल्ने गरेको कारण सबै मधेशीहरुको बुझ्ने र बोल्ने भाषा सम्पर्क भाषाको रुपमा हिन्दी रहेको कुराहरु चर्चामा आउँदा खेरी हिन्दी भाषालाई भारतीय भाषामा जोडी मधेशी समुदायहरुलाई भारतीय सिद्ध गर्न पनि पछि नपरेको होइन । 
    नेपालका हरेक समुदायहरु नेपाल प्रति आफ्नो देश प्रति आस्था, विश्वास असाध्यै माया गर्ने गरेको इतिहासका कतिपय सन्दर्भहरुले देखाई सकेका छन् । कुनै समुदायलाई मात्र विभेदीकरणको आँखाबाट हेरी त्यस विभेदीकरणको स्वरुपको रुपमा भारतलाई गाली गर्नु एउटा असल छिमेकी मित्र प्रति गलत मानसिकताको उपज रहेको देखिन्छ । त्यसै कारण नेपालका जुनसुकै जातजाती, भाषाभाषी तथा धर्म मान्नेहरु नेपाल प्रति आस्था र विश्वास राख्ने गरेको र आफू मात्र राष्ट्रवादी भएको पाखण्डीहरुलाई समय समयमा नेपालको अन्य जातीहरु पनि ठूलो राष्ट्रियवादी रहेको प्रमाणहरु दिई सकेका छन् । देश सबैको प्यारो हुन्छ । देशको अहितमा कसैले कुनै सम्झौता गर्दैन । हाम्रो देश नेपाल विश्वको सुन्दर देशको रुपमा स्थापित छन् । हामी माथि जुनसुकै परिस्थितिमा कसैले अघात गरेमा हामी सहन गर्ने छैनौं । तर झुठो राष्ट्रवादको नारा अवधी एउटा छिमेकी असल मित्र देशलाई सधैं गलत मानसिकताको चश्माले हेर्नु कदापी कसैको हित हुने छैन । त्यस्तै भारतसँग जोडी नेपालमा वर्षौ देखि आदीबासीको रुपमा स्थापित मधेशी समुदायलाई जोड्नु मधेशी समुदायप्रति विभेदीकरणको नीति राख्नुले नेपालको लगायत नेपालीको हितको सन्दर्भमा राम्रो पक्ष देखिदैन । त्यसै कारण अनि राष्ट्रवाद बनौ तर राष्ट्रवादलाई गलत व्याख्या नगरौं । नत्र भोलीका दिनमा हामी ठूलो संकटमा पर्ने अवस्थाको सिर्जना आफै सिर्जित गर्ने बेर लाग्दैन । नेपालका राजनीतिक दलका ठूला ठूला नेताहरुले भारतीय ठूला ठूला नेताहरुसँग सम्बन्ध बनाउन एक अर्काको बीचमा राम्रो सम्बन्ध रहेको देखाउनमा बेस्त देखिन्छ भने भारतका ठूलो नेताहरु मन जित्न भरसक प्रयासमा लागि रहेको देखिएको अवस्थामा यता त्यही नेताका कार्यकर्ताहरु भारत विरोधीको गलत व्याख्याहरु गरिरहेको सन्दर्भमा नेताहरुको दोहोरो चरित्रको कारण नेपाल भारतको सम्बन्धमा पनि तितता बढाउनमा तदरुपता देखाउन वेस्त देखिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
जग्गा विवादमा महिला निर्घात कुटिइन्
जग्गा विवादमा महिला निर्घात कुटिइन्
सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो