दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
बैंकको सुरक्षा गार्ड बस्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार भएका चोर केही घण्टाभित्रै पक्राउ परेको छ ।
प्रहरीका अनुसार बिहीबार मध्यराती सप्तरीको खडक नगरपालिका ७ स्थित नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको थियो ।
चोरले कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोवाईल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु लगायतका सामाग्रि चोरेर लगेका थिए ।
बैंकको सुरक्षा गार्ड सप्तरीको शम्भुनाथ नगरपालिका ७ का ३९ बर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका ५ का ४४ बर्षीय परशुराम चौधरी दुवैजना बैंकको सुरक्षा गार्ड कोठामा सुतिरहेका बेला दराजबाट चोरले उक्त परिमाणको सामान चोरी गरि लगेका थिए ।
घट्ना पश्चात प्रहरीले बैंकमा जडान गरिएको सिसि टिभि क्यामरा फुटेज नियाल्दै अनुसन्धान अगाडी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले सिरहा प्रहरीको सहयोगमा शुक्रबार बिहान ३ बजेतिर एक जनालाई पक्राउ गर्न सफल भयो ।
पक्राउ परेका व्यक्ति सप्तरीको खडक नगरपालिका वडा नम्बर ६ बिरपुर घर भएका २० बर्षीय अपसाद अन्सारी रहेको प्रहरीले जनाएको छ ।
अन्सारीलाई सिरहा प्रहरीको सहयोगमा चोरी भएका सामानसहित लहानबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
सारांश
- प्रहरीका अनुसार बिहीबार मध्यराती सप्तरीको खडक नगरपालिका ७ स्थित नेपाल बैंक लिमिटेडको कल्याणपुर शाखामा चोरी भएको थियो ।
- चोरले कम्प्युटर स्क्यानर दुई थान, ल्यापटप दुई थान, खुकुरी दुई थान, सर्ट गनमा लाग्ने कार्टिज २० राउण्ड, एक नाले १२ बोरको हतियार, सिमकार्ड एक थान, घडी दुई थान, मोवाईल पाँच थान, मिनि स्पीकर एक थान र डिजिटल तराजु लगायतका सामाग्रि चोरेर लगेका थिए ।
- बैंकको सुरक्षा गार्ड सप्तरीको शम्भुनाथ नगरपालिका ७ का ३९ बर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका ५ का ४४ बर्षीय परशुराम चौधरी दुवैजना बैंकको सुरक्षा गार्ड कोठामा सुतिरहेका बेला दराजबाट चोरले उक्त परिमाणको सामान चोरी गरि लगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया