हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला

राजविराज राजविराज
|
सोमबार, मंसिर १७, २०८१
|
|
१६ पटक हेरिएको
Shares
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला

सारांश

  •     जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले सो कुरामा जोड दिएका हुन् ।
  •       मधेशले संविधानमा सुधार र समावेशी सहभागिता चाहेकोले त्यसलाई काँग्रेसले संस्थागत गर्न अघि बढ्नुपर्ने उनले बताए ।
  • सुशासन र आर्थिक विकासको निम्ती गठवन्धन गरेको यो सरकारको काम कारवाही जनताले अपेक्षा गरे झै नदेखिएको जिकिर समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश आर्थिक समृद्धितिर लग्न हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिएका छन् । 
    जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले सो कुरामा जोड दिएका हुन् । 
    मधेशले संविधानमा सुधार र समावेशी सहभागिता चाहेकोले त्यसलाई काँग्रेसले संस्थागत गर्न अघि बढ्नुपर्ने उनले बताए । सुशासन र आर्थिक विकासको निम्ती गठवन्धन गरेको यो सरकारको काम कारवाही जनताले अपेक्षा गरे झै नदेखिएको जिकिर समेत गरे । 
    “सरकारको १८ खर्वको बजेट छ । प्रत्येक वर्ष ३ खर्व ऋण तिर्न जान्छ । ३ खर्ब विकासीय बजेट अर्थात पुँजीगत बजेट हो । वर्षेनी १२ खर्ब भइरहेको चालू खर्च घटाउन सकेका छैनौ । यो अवस्थामा हाम्रो देश चलेको छ ।” उनले भने ।
    जय नेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्यको उपस्थिति समेत रहेको विचार गोष्ठी कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरू र कोशी प्रदेशका सुनसरी, मोरङ लगायतका जिल्लाका नेता जिल्ला अध्यक्षहरूको समेत सहभागिता रहेको फाउन्डेसनका जिल्ला अध्यक्ष अर्जुन प्रसाद साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
’संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ’ ः उपेन्द्र यादव
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
ढिस्कोले पुरिएर मजदुरको मृत्यु