दैनिक समाचारदाता
जनकपुरधाम, ४ कात्तिक ।
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई बिहीबर जनमत पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई सो पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो तथा हिलो दलेर नगर परिक्रमा समेत गराइएका छन् ।
खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको जनमत पार्टीले दाबी गरेको छ । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि जनकारवाहीका लागि उत्रिएको पार्टीले जनाएको छ ।
भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै पार्टीले सबैलाई यसरी नै कारवाही गरिने चेतावनी समेत दिएको छ ।
यता प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न रहेको भन्दै जनमत पार्टीका एक दर्ज भन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
जनमत पार्टीले कार्यालय प्रमुखलाई दल्यो कालोमोसो र हिलो
सारांश
- भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई सो पार्टीका नेता कार्यकर्ताहरुले कालोमोसो तथा हिलो दलेर नगर परिक्रमा समेत गराइएका छन् ।
- खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको जनमत पार्टीले दाबी गरेको छ ।
- तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि जनकारवाहीका लागि उत्रिएको पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया