दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
विगत एक सातादेखी सितलहरमा कठ्याग्रिएर बसेका गरिब, दलित र असहायलाई सप्तरीका एक समाजसेवीले न्यानो कपडा बाड्दै हिडेका छन् ।
धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष सेवानिवृत ई. सूर्यनारायण यादवले विपन्न बस्तीमा पुगेर न्यानो कपडा बाड्दै हिडेका हुन् ।
यसैक्रममा बुधबार सप्तरीको बोदेबर्साइन नगरपालिका ७ स्थित फुलहारा गाउँको दलित बस्तीमा पुगेर उनले दुई दर्जन विपन्न परिवारलाई न्यानो कपडा र ब्लाङकेट बितरण गरेका छन् ।
चिसोका कारण उक्त बस्तीका बृद्धबृद्धा र बालबालिकालाई गाह्रो भइरहेको जानकारी प्राप्त भएपछी सानो सहयोग स्वरुप न्यानो कपडा लिएर पुगेको उनले बताए ।
अत्याधिक चिसो बढेका बेला उनी निजी खर्चमै एक साता यता विपन्न बस्तीमा पुगेर न्यानो कपडा र ब्लाङकेट बितरण गर्दै आएका छन् ।
पछिल्लो सात दिनयता जिल्लाको विभिन्न विपन्न बस्तीमा पुगेर उनले तीन सय भन्दा बढी न्यानो कपडा र ब्लाङकेट बितरण गरिसकेका छन् ।
विपन्न बस्तीमै पुगेर न्यानो कपडा बाड्दै समाजसेवी यादव
सारांश
- धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष सेवानिवृत ई.
- सूर्यनारायण यादवले विपन्न बस्तीमा पुगेर न्यानो कपडा बाड्दै हिडेका हुन् ।
- यसैक्रममा बुधबार सप्तरीको बोदेबर्साइन नगरपालिका ७ स्थित फुलहारा गाउँको दलित बस्तीमा पुगेर उनले दुई दर्जन विपन्न परिवारलाई न्यानो कपडा र ब्लाङकेट बितरण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया