उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट

राजविराज राजविराज
|
बुधबार, पौष १४, २०७८
|
|
३८ पटक हेरिएको
Shares
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट

सारांश

  •     उनले निर्वाचन सुरु हुनु भन्दा पाँच मिनेट अगाडी उम्मेदवारी फिर्ता लिएका थिए ।
  • देउवा पक्षका उनी आपसी तालमेल भएपछि अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएका थिए ।
  •       हालै जनकपुृरमा भएको प्रदेश २ को अधिवेशनमा उनी प्रदेश सदस्य खुल्लातर्फ उम्मेदवारी दर्ता गराएपनि मतदान शूरु हुनुभन्दा ५ मिनेट पहिले निर्वाचन अधिकारीको कार्यालयमा एक निवेदन दिदै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 
    नेपाली काँग्रेसको प्रदेश सदस्य पदमा उम्मेदवारी फिर्ता लिएका सप्तरी काँग्रेसको प्रवक्ता समेत रहेका प्रभात कुमार ललनले ९५ मत पाएका छन् । 
    उनले निर्वाचन सुरु हुनु भन्दा पाँच मिनेट अगाडी उम्मेदवारी फिर्ता लिएका थिए । देउवा पक्षका उनी आपसी तालमेल भएपछि अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएका थिए । 
    हालै जनकपुृरमा भएको प्रदेश २ को अधिवेशनमा उनी प्रदेश सदस्य खुल्लातर्फ उम्मेदवारी दर्ता गराएपनि मतदान शूरु हुनुभन्दा ५ मिनेट पहिले निर्वाचन अधिकारीको कार्यालयमा एक निवेदन दिदै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए । 
    मतगणना गर्दा उनले ९५ मत पाएका छन् । उक्त पदमा भने जिवनाथ चौधरी, नरेन्द्र यादव, प्रेमशंकर सिह र बासुलाल महतो निर्वाचित भएका छन् ।
    नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशनमा सप्तरीबाट १ जना र प्रदेश २ को अधिवेशनबाट ८ गरी ९ जना निर्वाचित भएका छन् । प्रवक्ता ललनका अनुसार केन्द्रिय अधिवेशनबाट दिनेश यादव केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । 
    यस्तै प्रदेश २ को अधिवेशनबाट सह–महामन्ीत्र पदमा परशुराम चौधरी र विन्दु यादव निर्वाचित भएका छन् । यस्तै प्रदेश २ को सदस्य पदमा भुवनेश्वर साफी, पार्वती देवी माझी, विमला साह, राजश्री यादव, नितु झा र आशाराम चौधरी निर्वाचित भएका छन् । 
    यसैबीच रोकिएको सप्तरी जिल्लाको अधिवेशन पुष २७ गते हुने र यसका लागी आवश्यक तयारी शुरु गरिएको प्रवक्ता ललनले जानकारी गराएका छन् ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
आगलागिमा १० लाख बराबरको क्षति
आगलागिमा १० लाख बराबरको क्षति
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश 
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै
भन्सारका कर्मचारीले भारतीय नम्बरका सवारीसाधनलाई  पाँच सयको रसिद दिएर ६ सय असुली गर्दै