डोम र मेहतर परिवारलाई एनसिडिसीको सहयोग

राजविराज राजविराज
|
बुधबार, बैशाख १७, २०७७
|
|
१९ पटक हेरिएको
Shares
डोम र मेहतर परिवारलाई एनसिडिसीको सहयोग

सारांश

  •     कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको बुधबार ३७ औं दिन तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोग, संस्थाको सहकार्य र वडा कार्यालयको समन्वयमा राजविराज वडा नं.
  • मलेठका ७ डोम तथा ८ मेहतर परिवारलाई राहत प्रदान गरेको हो ।
  •       ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल आधा लिटर, स्वायाबिन २ ग्रामगरि मास्क र साबुन समेत बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
    राष्ट्रिय सामुदायिक विकास केन्द्र (एनसिडिसी) नेपाल राजबिराजले वडा नं. ९ मलेठका डोम र मेहतर परिवारलाई बुधबार राहत बितरण गरेको छ । 
    कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको बुधबार ३७ औं दिन तत्कालिन राजपाका सहमहासचिव गजेन्द्रकुमार मण्डलको आर्थिक सहयोग, संस्थाको सहकार्य र वडा कार्यालयको समन्वयमा राजविराज वडा नं. मलेठका ७ डोम तथा ८ मेहतर परिवारलाई राहत प्रदान गरेको हो । 
    ती परिवारलाई चामल ५ किलो, दाल एक किलो, नुन एक किलो, खानेतेल आधा लिटर, स्वायाबिन २ ग्रामगरि मास्क र साबुन समेत बितरण गरिएको संस्थाका अध्यक्ष बिरेन्द्र मण्डलले जानकारी दिएका छन् । 


    यस्तै वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवले वडाका तर्फबाट १ हजार २ सय ५० परिवारलाई राहत बितरण भइसकेको तथा राहत पाउन छुटेका तथा गरिब, अतिविपन्न तथा असाहयलाई संस्थाले गरिरहेको सहयोगलाई सहनिय भन्दै धन्यवाद दिएका छन् । 
    राहत बितरणका अवसरमा रापजाका केन्द्रिय सदस्य अमरनाथ मण्डलले दुःखको यस घडीमा पार्टीका नेताको सहयोग सहनिय रहेको भन्दै सांसद तथा प्रदेशसभा सदस्य समेतले जनतालाई सहयोग गर्नुपर्ने बताए ।


    यसअघि पनि सहमहासचिव मण्डलकै आर्थिक सहयोगमा जिल्लाको राजगढ गाउँपालिकाका आर्थिक रुपले विपन्न तथा असहाय २ सय परिवारलाई राहत बितरण गरिएको छ भने ५ हजार ४ सय परिबारलाई साबुन तथा १० हजार थान माक्स बितरण समेत गरिएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?