विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२१ पटक हेरिएको
Shares
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरस्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत छन् ।
  •     उक्त विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ बर्षीय राउतले मंगलवार कक्षा १० मा अध्ययनरत एक छात्रा माथि विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको पाइएको प्रहरीको भनाई छ ।
  •     प्राक्टिकल विषयमा राम्रो अंक दिने र सोही विषयमा केही कुरा गर्नुछ भन्दै कक्षाकोठामा लगि यौन दुव्र्यवहार गर्न थालेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष वयान दिएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 

    विद्यार्थीमाथी यौन दुव्र्यहार गरेको आरोपमा सप्तरीका एक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।  
    पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धिपुरस्थित गोवद्र्धन वैरागी जनता उच्च माध्यमिक विद्यालयका शिक्षक रमेश कुमार राउत छन् ।
    उक्त विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ बर्षीय राउतले मंगलवार कक्षा १० मा अध्ययनरत एक छात्रा माथि विद्यालयको कोठामा यौन दुव्र्यवहार गरेको पाइएको प्रहरीको भनाई छ ।
    प्राक्टिकल विषयमा राम्रो अंक दिने र सोही विषयमा केही कुरा गर्नुछ भन्दै कक्षाकोठामा लगि यौन दुव्र्यवहार गर्न थालेपछि आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष वयान दिएकी छिन् । छात्राले हल्ला गरेपछि पुगेका विद्यार्थी र अभिभावकले शिक्षक राउतलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।
    उक्त घट्ना पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कर्यालय कंचनपुरमा शिक्षक राउत विरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेका शिक्षक राउतलाई बुधवार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई यौन दुव्र्यवहार कसुरमा अनुसन्धान अघि बढाईएको जानकारी दिए ।
    विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी पौडेलले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक राउतलाई व्यवस्थापन समितिको बैठकबाट निलम्बन तथा अन्य कारवाहीका लागि पहल गरिने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
सर्पको टोकाईबाट महिलाको मृत्यु
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा 
दुई सय बोरा चामल सहित ट्रक नियन्त्रणमा