दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको प्रकृया अघि बढाइएको छ । यस परियोजनाको कुल लागत ९६ अरब ८४ करोड पर्ने भएको छ ।
मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–ईनर्वा खण्डको बातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी सरोकारवालाहरुसँग बुधबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो ।
सो परियोजना अन्तर्गतको बर्दिबास–ईनर्वा रेलमार्ग खण्डको सुरुवात प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई प्रदेश १ को इनरुवा नगरपालिकामा समाप्त हुने जनाइएको छ ।
रेल विभाग, रेल्वे तथा मेट्रो विकास आयोजनाबाट बातावरणीय प्रभाव मुल्यांकनको जिम्मेवारी पाएका फुलब्राइट कन्सलटेन्सी प्रा.लि.का प्रमुख मंजुलकृष्ण मानन्धरले मेची–महाकाली विद्युतीय रेलमार्गको कुल लम्बाई ९ सय ४५ कि.मि. मध्ये बर्दिवास–ईनर्वा खण्डको १ सय ३९.४२ कि.मि. लम्बाईको विस्तृत र सर्भे, डिजाईन कार्य तथा बातावरणीय प्रभाव मुल्याकंन कार्य समेत सम्पन्न गरि सकेको जनकारी दिएका छन् ।
रेल संचालनका लागि आवश्यक प्रकृया सुरु भई सकेको जानकारी दिँदै उनले अहिले सम्म कुल ७ खण्डहरु मध्ये ६ खण्डको विस्तृत सर्भे तथा डिजाईन कार्य सम्पन्न भईसकेको बताए ।
रेलमार्ग प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ, धनुषाग्राम, गणेशनाथचारनाथ, शहिद नगरपालिका, सिरहाको कर्जनहा, मिर्चैया, गोलबजार, धनगढीमाई, लहान, नरहा, सप्तरीको सुरुङ्गा, खडक, शम्भुनाथ, डाक्नेश्वरी, हनुमाननगर, कंचनरुप र राजविराज नगरपालिका, रुपनी, महादेवा र तिरहुत गाउँपालिका तथा प्रदेश १ को सुनसरी जिल्लाको कोशी, भोक्राहा र नरसिङ्ग गाउँपालिका तथा ईनरुवा नगरपालिका सम्म पुगी समाप्त हुने जनाइएको छ ।
कार्यक्रममा प्रस्तुत गरिएको संक्षिप्त जानकारी पत्र अनुसार यस रेलमार्गमा कुल १४ स्टेशन रहने छन् । जसमध्ये १० स्टेशन यात्रुहरुका लागि प्रयोगमा ल्याईने छ भने ४ स्टेशनहरु सिग्नल स्टेशनको रुपमा मात्र रहने छन् । साथै २ स्थानमा मालबाहक गाडी पनि रोकिने स्टेशनहरु हुनेछन् । त्यस्तै रेलमार्गले ओगटने जग्गा, रेलमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५–२५ मिटरको भाग र स्टेशन क्षेत्रहरुमा थप जग्गा गरी कुल ८ सय १४.२२ हेक्टर जग्गा आवश्यक पर्ने जानकारी पत्रमा उल्लेख गरिएको छ ।
प्रालिका प्रमुख मानन्धरले रेलवे संचालनका लागि आवश्यक पर्ने कुल जमिन मध्ये ७ सय ४१.६७ हेक्टर जग्गा निजी रहेको बताए । रेलवे ट्रयाक निर्माणका क्रममा निजी सम्पतीको क्षतिपुर्ती तथा समय सापेक्ष मुआब्जाका लागि आवश्यक पर्ने रकमबारे समेत रेलवे तथा मेट्रो विकास आयोजनालाई प्रतिवेदन बुझाई सकिएको उनले जानकारी दिए ।
कायक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रेलसेवा संचालन गर्न प्रकृया अघि बढेकोमा प्रसन्नता व्यक्त गर्दै आप्mनो सुझाव समेत दिएका थिए ।
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो
सारांश
- मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–ईनर्वा खण्डको बातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी सरोकारवालाहरुसँग बुधबार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो ।
- सो परियोजना अन्तर्गतको बर्दिबास–ईनर्वा रेलमार्ग खण्डको सुरुवात प्रदेश २ को महोत्तरीको बर्दिबासबाट सुरु भई प्रदेश १ को इनरुवा नगरपालिकामा समाप्त हुने जनाइएको छ ।
- रेल विभाग, रेल्वे तथा मेट्रो विकास आयोजनाबाट बातावरणीय प्रभाव मुल्यांकनको जिम्मेवारी पाएका फुलब्राइट कन्सलटेन्सी प्रा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया