दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
भारतका कोशी पीडित संघर्ष समितिका संयोजक एवं जनअधिकार पार्टी बिहार प्रदेशका अध्यक्ष उपेन्द्र कुशवाहाले कोशी पीडितले आवश्यक मुआब्जा नपाए त्यस क्षेत्रका बासिन्दाले भारतमा निकट भविष्यमा हुन लागेको लोकसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
कोशी पदयात्रा नाम दिइ निस्केको टोली बारे अग्रिम जानकारी तथा नेपालका कोशी पीडितहरु समेतलाई व्यापक सहभागि गराउने उद्देश्यले बिहीबार राजविराज आइपुगेका उनले सो जानकारी दिएका हुन् ।
उनले नेपाल–भारत दुबै तर्फका कोशी पीडित आ–आफ्नो सरकारको ध्यानाकर्षण र दबाबका लागि मिलेर काम गर्ने नीति अनुसार १५ सूत्रिय माग अघि सार्दै भारतीय भूमिमा कोशी पीडितहरुले थालेको पदयात्रा आगामी चैत ४ गते सप्तरी सुनसरीको बीच सीमामा पर्ने कोशी ब्यारेज पुग्ने बताए ।
कोशीबाट पीडित भएकाहरुको समस्या समाधानका लागि आ–आफ्नो मुलुकका सरकारको ध्यानाकर्षण गराउन नेपाल–भारत दुबै क्षेत्रमा पदयात्राको आयोजना गरिएको उनको भनाई छ । भारतीय भुमि सहरसा, सिपौेल, मधुबनी र दरभंगामा फागुन १९ देखी सुरु भएको कोशी पदयात्रा चैत्र ४ गते नेपालको कोशी ब्यारेज पुगि सम्पन्न हुने र त्यसपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिने उनले बताए ।
मुआब्जाका लागि दशकौंदेखी सप्तरी, सुनसरी, र उदयपुरका कोशी पीडितहरु संघर्षरत रहेका बेला कोशीबाट पीडित सीमावर्ती भारतीय क्षेत्रका वासिन्दा समेत आन्दोलित भएका छन् । उनले दुबै तर्फका कोशी पीडितहरुको समस्या एकै प्रकारका रहेको भन्दै मिलेर अघि बढ्दा आ–आफ्नो सरकारलाई ती समस्या समाधानका लागि घचघचाउन र दबाब बनाउन बल मिल्ने विश्वास समेत व्यक्त गरे ।
उनले कोशीको बाढीबाट सीमावर्ती भारतको सहरसा, सुपोल, दरभंगा र मधुवनीका ३ सय ८० गाउँका जनता प्रभावित बन्दै आएको जानकारी समेत दिए ।
“आफूहरुको अभियानमा नेपालका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको पनि साथ, सहयोग र समर्थन प्राप्त होस् भन्ने उद्देश्यका साथ आएका हौं, उनले संचारकर्मीहरुको भेटघाटमा भने, सबैले सहयोगको प्रतिबद्धता जनाएका छन् ।”
उनले कोशीबाट पीडित भारतीय र नेपाली दुबैलाई मुआब्जा उपलब्ध गराउनु पर्नेसहितका १५ बुँदे माग सहितको ज्ञापनपत्र भारतको बिहार राज्य र केन्द्रिय सरकारलाई बुझाइसकेको जानकार िसमेत दिएका छन् । कोशी कटान डुवान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले कोशी पीडितको पक्षमा आवाज उठाउने सबैप्रति आफूहरुको समर्थन र सहयोग रहने जनाएका छन् ।
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
सारांश
- कोशी पदयात्रा नाम दिइ निस्केको टोली बारे अग्रिम जानकारी तथा नेपालका कोशी पीडितहरु समेतलाई व्यापक सहभागि गराउने उद्देश्यले बिहीबार राजविराज आइपुगेका उनले सो जानकारी दिएका हुन् ।
- उनले नेपाल–भारत दुबै तर्फका कोशी पीडित आ–आफ्नो सरकारको ध्यानाकर्षण र दबाबका लागि मिलेर काम गर्ने नीति अनुसार १५ सूत्रिय माग अघि सार्दै भारतीय भूमिमा कोशी पीडितहरुले थालेको पदयात्रा आगामी चैत ४ गते सप्तरी सुनसरीको बीच सीमामा पर्ने कोशी ब्यारेज पुग्ने बताए ।
- कोशीबाट पीडित भएकाहरुको समस्या समाधानका लागि आ–आफ्नो मुलुकका सरकारको ध्यानाकर्षण गराउन नेपाल–भारत दुबै क्षेत्रमा पदयात्राको आयोजना गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया