दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
मधेशमा मिनी छठ पर्वको रुपमा भनिदै आएको चैती छठ पर्व अन्तर्गत सोमवार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएको छ । मंगलवार विहान उदाउँदो सुर्यलार्य अर्घ दिएपछी छठ पर्व सम्पन्न हुनेछ ।
शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाईने छठ सूर्य उपासनाको पर्व मानिन्छ । कार्तिकमा मनाउने छठ पर्वलाई मुख्य छठ पर्व मान्ने गरिएको छ भने चैतमा मनाउने छठलाई मिनी छठ पर्वको रुपमा लिइने गरिन्छ ।
यस अवसरमा कोही घर कै आंगनमा प्लास्टीकको पोखरी आकारको मोटो टबमा पानी जम्मा गरेर पोखरीको रुप दिई पुजाघाट निर्माण गरेका छन् भने कतिपय घर नजिकैको जलाशय किनारमा पुजाघाट बनाएर चैती छठ पर्वमा सहभागी भएका छन ।
यस अवसरमा राजविराज ८ का वरिष्ठ पत्रकार अनिलकुमार अनल आफ्नो घर कै आंगनमा प्लास्टिकको टबमा पानी जम्मा गरेर पुजाघाट बनाई सपरिवार छठ पुजामा सरिक भएका छन् ।
जलाशयहरु अहिले प्रदुषित अवस्थामा छन, उनले भने “स्वास्थ्य सुरक्षाको ख्याल गर्दै पनि घर कै आंगनमा प्लास्टिकको टबको माध्यमले अस्थायी पोखरी बनाएर छठ पर्व मनाउन थालेका हौ ।”
यता राजविराज नगर क्षेत्रको भगवती, कल्टु, तुरन्ती, पुर्णी र शिव लगायतका पोखरीमा बनाइएका पुजाघाटहरुमा पनि ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्वमा श्रद्धा पूर्वक सहभागी भएका छन् ।
तर, उनीहरुले पोखरी र आसपासको पुर्ण सरसफाई हुन नसक्दा प्रदुषित पानी र वातावरण मै भएपनि सूर्य देवताको पुजामा सहभागी भएको गुनासो पोखेका छन् । कार्तिकको छठको समयमा व्रतालुको संख्या धेरै भएर नदी पोखरीको नगरपालिका, सेना, प्रहरी र विभिन्न संघसंस्थाद्वारा सफा गरिने तर चैती छठमा व्रतालुको संख्या कम हुने भएर वेवस्ता गरिएको हुन सक्ने अधिकाँश व्रतालुले गुनासो गरेका छन् । छठ पर्व निष्ठापुर्वक मनाउँदा इच्छित मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
छठ मनाउन आंगनमै घाट, जलाशय सफा नहुदा पनि प्रदुषित पानी मै उभिएर सूर्यको पूजा
सारांश
- शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाईने छठ सूर्य उपासनाको पर्व मानिन्छ ।
- कार्तिकमा मनाउने छठ पर्वलाई मुख्य छठ पर्व मान्ने गरिएको छ भने चैतमा मनाउने छठलाई मिनी छठ पर्वको रुपमा लिइने गरिन्छ ।
- यस अवसरमा कोही घर कै आंगनमा प्लास्टीकको पोखरी आकारको मोटो टबमा पानी जम्मा गरेर पोखरीको रुप दिई पुजाघाट निर्माण गरेका छन् भने कतिपय घर नजिकैको जलाशय किनारमा पुजाघाट बनाएर चैती छठ पर्वमा सहभागी भएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया