दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।
राजविराज वडा नं. ६ का वडा सदस्य ६५ वर्षिया लिलादेवी सरबरियाको घरमा मंगलबार राती आगलागि भएको छ ।
आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ । राती ९ बजेतिर लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनले आगलागिको कारण भने खुल्न नसकेको जनाएका छन् ।
आगलागिले धान, गहँु, चामल, भाडाकुडा र फर्निचर सबै पूर्ण रुपमा जलेर नष्ट भई पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता वडाअध्यक्ष शशी चौधरीले उक्त घटना शंकास्पद भएको बताएका छन् । खाना खाएर ढोका बन्द गरी सरबरिया केही समयका लागि छिमेकीको घरमा टिभि हेर्न गएको बेला अचानक आगलागि हुनु शंकास्पद छ, वडाअध्यक्ष चौधरीले भने, “यसको सुक्ष्म अनुसन्धान हुनुपर्छ ।”
अग्निपीडित बृद्धा सरबरिया पनि कसैले पुरानो रिसइबीका कारण आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सो बारे छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको बताएकी छिन् । प्रहरीले आगलागि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
आगलागिले वडा सदस्यको घर खरानी
सारांश
- आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ ।
- राती ९ बजेतिर लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
- उनले आगलागिको कारण भने खुल्न नसकेको जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया