दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरीको सामुदायिक विद्यालयहरुमा पोषणयुक्त आहारा वितरणसँगै यसको महत्वबारे सचेतना अभियान थालिएको छ ।
पोषण सप्ताह २०८१ को अवसर पारेर सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले यस्तो अभियान थालेको हो ।
सो अभियान जिल्लाको राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठीकोईलाडी र विष्णुपुर गाउँपालिकाका विभिन्न वडास्थित ६३ वटा सामुदायिक विद्यालयमा अभियान थालिएको छ ।
बालबालिकामा देखिने विभिन्न खाले स्वास्थ्य समस्याबारे न्यूनिकरणका लागी विद्यार्थी र उनका अभिभावकहरुलाई राखेर जेठ १ गतेदेखि अभियान थालिएको र अभियानको तेश्रो दिन विहीवार पोषण समाग्री वितरणका साथै यसको महत्वबारे जानकारी दिइएको सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देवले बताए । विद्यार्थीहरुलाई जुका विरुद्धको औषधी सेवन समेत गराइएको छ ।
तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत विद्यालयका बालबालिकालाई जुकाको औषधी खुवाउन सूरु गरिएको र यो क्रम जेठ ७ गते सम्म चल्ने उनको भनाई छ । साताव्यापी कार्यक्रम अन्तर्गत यसअघि पहिलो दिन पोषण सामाग्री वितरण र प्रर्दशनी, दोश्रो दिन पोषण समाग्रीको महत्वबारे सचेतना लगायतका कार्यक्रम गरिएको थियो ।
यस्तै अभियान अन्तर्गत जेठ ४ गते जुकाको औषधी सेवन गराउने कार्यलाई निरन्तरता, जेठ ५ गते सरसफाई बारे सचेतना, जेठ ६ गते अतिरिक्त क्रियाकलाप र जेठ ७ गते अन्तिम दिन विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्थाबारे अन्तरक्रिया र समिक्षा कार्यक्रम हुनेछ ।
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
सारांश
- पोषण सप्ताह २०८१ को अवसर पारेर सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले यस्तो अभियान थालेको हो ।
- सो अभियान जिल्लाको राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठीकोईलाडी र विष्णुपुर गाउँपालिकाका विभिन्न वडास्थित ६३ वटा सामुदायिक विद्यालयमा अभियान थालिएको छ ।
- बालबालिकामा देखिने विभिन्न खाले स्वास्थ्य समस्याबारे न्यूनिकरणका लागी विद्यार्थी र उनका अभिभावकहरुलाई राखेर जेठ १ गतेदेखि अभियान थालिएको र अभियानको तेश्रो दिन विहीवार पोषण समाग्री वितरणका साथै यसको महत्वबारे जानकारी दिइएको सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया